19 July, 2020 7:25 am


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन मंसिरमा

काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन मंसिरमा हुने भएको छ । सचिवालय बैठकमा नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका थिए ।

अध्यक्ष ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका थिए । बैठकमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले महाधिवेशन गर्ने ओलीको प्रस्तावको समर्थन गरेका छन् । राम्रो प्रस्ताव आएको भन्दै तीनै नेताले यसले पार्टीको समस्या समाधान गर्ने मत राखेका छन् ।

प्रचण्ड र बादल पनि ओलीकै प्रस्तावको पक्षमा उभिएपछि ९ सदस्यीय सचिवालयको बहुमत ओलीको पक्षमा देखिएको छ । शनिबार बालुवाटारमा सचिवालय बैठक सुरु गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी फुट्न दिन नहुनेमा जोड दिए । पार्टी र सरकार सञ्चालनका क्रममा आफूबाट भएका कमी कमजोरीप्रति आत्मालोचना गर्ने भन्दै उनले अर्का अध्यक्ष र अरु नेताहरुले पनि आफ्नो कमजोरीप्रति आत्मालोचना गर्दै अघि बढ्नुपर्ने बताए ।

पार्टीमा अहिले देखिएको संकटको निकास महाधिवेशन भएको भन्दै उनले मंसिरमा गर्ने प्रस्ताव राखे । ‘चैतमा गर्ने भनेकै छ, सकिन्छ भने मंसिरमा गरौं’ बैठकमा प्रधानमन्त्रीले भने, ‘विचारको छलफल त्यस्तै हो, छलफल नगरेकै कारण एक भएर चुनावमा गयौं, पार्टी एकता भयो । छलफल गर्‍यो भने बिग्रन्छ ।’

अर्का अध्यक्ष प्रचण्डले ओलीको प्रस्तावको समर्थन गरे । उनले आलोपालो प्रधानमन्त्रीको विषय आफूले छाडेको भन्दै महाधिवेशनबाटै निकास खोज्नुपर्नेमा धारणा राखेको एक नेताले बताए । वरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनबारे छलफल गरौं भन्ने प्रस्ताव ठीक भएको तर स्थायी कमिटीमा भइरहेको छलफललाई निरन्तरता दिनुपर्ने बताए ।

यसरी भएको थियो पार्टी एकता

नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच १७ असोज २०७४ मा चुनावमा संयुक्त मोर्चा बनाएर जाने सहमतिसहित ६ बुँदे सहमति भयो । यो सहमति हँुदासम्म नयाँ शक्ति पार्टी नेपाल पनि सहभागी थियो । तर, पछि उसले मोर्चा छोड्यो । नयाँ शक्तिले २७ असोजमा मोर्चाबाट बाहिरिएको घोषणा ग¥यो ।

यही मोर्चाबाट एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चुनावमा उतारे । साझा घोषणापत्र बनाएर चुनाव लडेका यी दुवै पार्टीले लगभग दुई तिहाइको नजिक संसदमा प्रतिनिधित्व गरे । गत ७ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा ७ बँुदे सहमति भयो । दुवै पार्टीबीच एकीकरणको आधार भनिएको सो सहमतिपत्रमा पार्टीको नाम र निर्देशक सिद्धान्तबारे लेखिएको छ ।

२०७४ जेठ ३ गते (मदन–आश्रित स्मृति दिवसको अवसर पारेर) दुई (एमाले र माओवादी केन्द्र) पार्टी एक (नेकपा) भएको घोषणा गरियो । ३ जेठ २०७५ मा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवसका दिन दुवै पार्टीले विधिवत रुपमा पार्टी एकताको घोषणा गरे । घोषणा हुनुपहिले धेरै बैठक, भेटघाट र छलफल गरेर निष्कर्षमा पुगेका थिए । कार्यदलहरु बनेका थिए ।

पार्टी एकता हुदाँ ओली र प्रचण्डबीच लगातार वान टु वान वार्ता हरु भएका थिए । वार्तामा दुवै जना ५ वर्ष आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति भएको बुझिएको थियो । यसैगरी पार्टीपनि दुवै जना समान पद लिएर महाधिवेशन सम्म पार्टी चलाउने विषयमा सहमति भएको थियो । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका थिए । तर पछि केही पार्टी भित्रैका ब्यक्ति राखेर अध्यक्षद्धयवीच एउटा सहमति पत्रमा हस्ताक्षर भएको थियो । तर पछिल्लो समयमा आएर एकता महाअधिवेशन सम्म सरकारको संचालन अर्का अध्यक्ष केपी शर्मा ओलीले निरन्तरता दिने र अर्का अध्यक्ष प्रचण्डले कार्याकारीरुपमा पार्टी संचालन गने भद्र सहमति भएको थियो ।

डकुमेण्टमा प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एग्रिमेण्टका रुपमा मात्र लिने दुवै नेता सहमत भएका थिए ।नेकपा स्थापना भएको ७० वर्ष पछि पुनः नेकपा बनेको छ । नेकपा दुई तिहाइ सिटसहित सत्तारुढ दल बनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board