काठमाडौं, ५ साउन । उपत्यकामै एकजनाको पहिरोबाट ज्यान गएको छ । आइतबार साँझ गएको पहिरोबाट कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको छ ।
उनी घर बाहिर निस्किएको बेला नजिकैको खोल्सामा पहिरोले थिचेर मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका छन् ।
उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको र त्यति नै वेला माथिबाट पहिरो आएर थिचेर उनको मृत्यु भएको उनको आफन्तले जनाएको छ ।
नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।
COMMENTS