काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए ।
पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने थप १७३ जना डिस्चार्ज भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
COMMENTS