काठमाडौं, ७ साउन । नेपालमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमित एकजना ब्यक्तिको मृत्यु भएको छ । संक्रमण पुष्टि भएका एक जना जेष्ठ नागरिकको मंगलबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको हो ।
समान्य बिरामी भएर उपचारका लागि प्रतिष्ठान पुगेका महोत्तरीका ६० वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको राती निधन भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । मृतकको शव हाल महोत्तरी ल्याइएको छ। शव व्यवस्थापन स्थल तोकिएको छ प्रजिअ कटुवालले भन्नुभयो – नेपाली सेनाको टोलीबाट शव ब्यवस्थापन हुन्छ। यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय जेष्ठ नागरिकको निधन भएको थियो।
यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृतकको संख्या सात पुगेको छ। यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
हिजै (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले मध्यराति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ।
COMMENTS