काठमाडौं, ७ साउन । नेपालमा बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको छ ।
जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिए । आज थपिएका संक्रमितमा काठमाडौंका ३ जना रहेका छन् ।
बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा। गौतमले बताए । अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् ।
COMMENTS