काठमाडौं, ७ साउन । नेपाल उद्योग वाणिज्य महासंघ यतिबेला चुनावको तयारीमा जुटेका छन् । महासंघको ५४औँ वार्षिक साधारणसभा र निर्वाचन साउन २६ र २७ गते हुने भएको छ ।
महासंघले ललितपुरको हेरिटेज गार्डेनमा गर्ने अन्तिम तयारीमा जुटेका छन् । भने त्यसको लागि ललितपुर प्रहरी प्रशासनसँग अनुमति माग गरेको महासंघले जनाएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका अनुसार ठूलो संख्यामा मानिसहरु उपस्थिति हुनपर्ने भएकोले महासंघले अनुमति माग गरेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत समयमा नै निर्वाचन हुनसक्नेमा शंका रहेको भन्दै दिएको अभिव्यक्ति र त्यसपछि आएको समाचारहरुलाई समेत महासंघले खण्डन गरेको छ ।
उनका अनुसार महासंघले वार्षिक साधारणसभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको जनाएको छ । सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारणसभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा स्पष्ट पारेको छ ।
‘महासंघले गर्ने ५४औँ वार्षिक साधारणसभा र निर्वाचनको बारेमा दिइने सूचना तथा जानकारीका आधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई पूर्ण रूपमा बेवास्ता गरेको महासंघको भनाई छ ।/ महासंघले भनेको छ, /यस्ता प्रेस विज्ञप्ति प्रकाशित गर्ने/गराउने कार्यले गलत सूचना प्रवाह गर्ने मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघजस्तो निजी क्षेत्रको प्रतिष्ठित संस्थाको संस्थागत मर्यादामा समेत चोट पुर्याउँछ । साथै सम्बन्धित सबै सदस्यहरूबीच भ्रम पैदा गर्नसक्ने जनाएको छ ।/
COMMENTS