वामपन्थी नेता तथा वाम विचारका अध्येता एवं चीनका लागि नेपाली पूर्व राजदूत श्री टंक कार्कीसँग पुष्पलालको ४२ औं स्मृतिदिवसको अवसरमा नेपाल पेजकालागि अनन्त अनुरागले गरेको कुराकानी –
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाललाई कसरी सम्झिनुहुन्छ ?
पुष्पलाललाई रिलेट गरेर हेर्दा २००६ सालमा पुग्छौं । त्यो कालखण्डमा दोश्रो विश्वयुद्ध समाप्त भएको छ । २ बर्ष अगाडि अंग्रेज शासनबाट भारत मुक्त भएको छ । त्यहीबर्ष चीन पुरानो शासनबाट नयाँ चीनको निमार्ण भएको छ । यस्तो एउटा परिवेशमा नेपाल कम्युनिष्ट पार्टी स्थापना र त्यतिखेरको समय राणातन्त्रका जगजगिभएको अवस्था छ । त्यो बेला भित्र दुनियामा आरहेको स्वतन्त्रता र प्रजातन्त्रतको लहर छ , त्यो लहर नेपालमा देखिन थाल्छ । यद्यपि नेपाल दलिय र प्रजातन्त्र पद्धतिको आकांक्षा राख्ने १० अर्ष अगाडि नै प्रजा परिषद् स्थापना सँगै सुरु भएको पनि यियो त्यो बीचमा ।
वि. संस १९९७ सालमा नै प्रजातान्त्रका खातिर नेपालका केही होनहार सपुतहरुले बलिदानी दिएको इतिहास पनि छ । सोही आन्दोलनमा शाहादतप्राप्त गरेका एक व्यक्तिका सहोदर भाई त्यो परिपे्रक्षमा पुष्पलाललाई हेरीरहँदा र आइरहेको परिवर्तन ।
दोश्रो विश्वयुद्धको विश्व परिवेश के थियो भने विश्वभरी दुई धार देखा परेको थियो । एउटा प्रजातान्त्रिक पुँजीवदी र अर्को समाजवादी धार । यो समाजवादी धार सामान्य बहस को विषय मात्र थिएन । इटोपियाको विषय मात्र थिएन । राज्य प्रणालीको रुपमा एकतर्फ विशाल चीन बनिसकेको थियो अर्को तिर सोभयित संघ बनिसकेको थियो, यतातर्फ कोरियामा त्यही ढंगको प्रयत्न भईरहेको थियो ।
भारतमा पनि कम्युनिष्ट आन्दोलन पनि कम थिएन । गंगालालको सहादत पछाडि पुष्पलाल अलिक बैचारिक र सैद्धान्तिक तहमा पनिमा अध्ययन गर्न थाले । निर्वासनमा रहँदाखेरी नै काँग्रेसको संगठनभित्रै रहेर पनि फराकिलो दिमाग राखेर सैद्धान्तिक र बैचारिक रुपमा अध्ययन गर्न थाले । त्यही क्रममा २५ बर्षे अल्लारे ठिटो १८४८ मा माक्र्स एंगेल्सद्धारा लिखित कम्युनिष्ट घोषणा पत्रको अनुवाद गरेर २०, २२ पेजको भूमिका लेखेका छन् । जुन नेपाली समाजलाई उपहारको रुपमा दिएका थिए । त्यति बेला पुष्पलालले अध्ययन केवल मेट्रिक मात्र पास गरेका थिए । अनुवाद त जसले पनि गर्न सक्छ होला भाषा जान्नेले । तर त्यो अनुवाद भित्र जुन भूमिका लेखेका छन् । त्यो भुमिका नेपालको सामाजिक यर्थातता र त्यसको भावि राजनीतिक आर्थिक रुप रेखा कोरेका थिए ।
नेपाली जनताको वास्तविक मुक्तिका निम्ति केवल राणा शासनको अन्त्यले हुँदैन अमेरिकी साम्रराज्यवादी चिन्तन थियो, त्यसलाई रोक्नुपर्ने चिन्तन थियो, त्यो चिन्तन आउनु नै पुष्पलाललाई बैचारिक नेताको रुपमा स्थापित गरेको थियो /
घोषणापत्र अनुवादको भूमिकाको कुरा गर्दैछु । तत्काल राणा शासनलाई अन्त्य गरेपछि रामराज आई हाल्छ भने उहाँको निष्कर्ष थिएन । राणा शासनबाट पनि मुक्त हुनुपर्छ । तर सामाजिक विकासक क्रममा धेरै तगारोहरु पनि छन् । वर्ग विहिन समाजको चरणमा पुग्नुपर्छ भन्ने सोचका साथ नेपाली काँग्रेस परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । भलै सानो थियो त्यो कालखण्डमा पार्टी ।
त्यतिबेला अमेरिकी साम्राज्यवादको विरुद्धमा आवाज उठाउनु आफैमा ठुलो कुरा थियो । अझै पनि हामी त्यही कुरा गरी रहेका छौं ?
साम्यवाद लक्ष्य बनाउनु भयो भने त्यो अगाडिका तगारो पुँजीवाद छ र पुँजीवादको अतिविकसित रुप साम्राज्यवाद छ । त्यसबाट पनि मुक्त भएर आदर्श समाज बन्न्छ भन्ने त्यो परिकल्पना गर्ने क्षमता भएको नेता हुनुहुन्थयो पुष्पलाल ।
यसबाट उहाँमा अग्रगामी सोच्न सक्ने नेताको रुपमा रुपमा पुष्टि हुन्छ कि हुँदैन ?
पक्कै पनि यसबाट पुष्टि हुन्छ, उहाँमा दीर्घकालिन चिन्तन र अग्रगामी सोच्न सक्ने अदभुत क्षमता थियो ।
त्यस बखत काँग्रेस भित्रै बसेर यस्तो प्रगतिशिल विचारको जन्म हुनु, त्यति बेला पुष्पलालको गतिविधि पत्याउने कति थिए ?
पत्याउने वा नपत्याउने सामाजिक परिवेशमा भर पर्छ । त्यति खेर पनि समाजमा त धेरै विभाजित थियो नि । त्यति बेला पनि आर्थिक सम्पन्नता भित्र एक वर्ग थियो । अर्को तर्फ शोषण, अति गरिब, राज्यको दायरा भन्दा बाहिर एउटा विशाल समुदाय थियो । त्यो भाग, भोगीभित्र, त्यो सामाजिक परिवेशमा उहाँले अहिले कतिजना मान्छे वरीपरी आउँछन भनेर हेरेका देखिंदैन ।
कम्युनिष्ट पार्टीको घोषणा पत्र तयार गर्दा कतिजना मान्छले बनाएका थिए, एउटा सानो समुहले बनाए थिए । आज विश्वव्यापी रुपमा कम्युनिष्ट घोषणा पत्र बाइबल पछाडि सबैभन्दा बढी पढिने दस्तावेज कम्युनिष्ट घोषणा पत्र होइन र ? पुष्पलालले देखे हाम्रो शक्तिको श्रोत, व्यक्ति होइन, त्यो सामाजिक परिवेशमा रहेका शक्तिहरुले मुक्तिका लागि प्रयत्न गरी रहँदा आफु कहाँ बस्ने, म शोसित, उत्पीडित, सिमान्तकृत, दलित जनताको पक्षमा उभिने पर्छ भने चेत उनी सँग थियो ।
मुद्धा र विचार पनि सँगैं उठ्यो, अहिलेका नेताहरुले बोक्न सकेका छन् ?
५ जनाले स्थापना गरेको कम्युनिष्ट पार्टी आज ७१ बर्षमा मुलुकमा करिब करिब दुई तिहाईको सरकार बनेको छ नि । आज यो उपलब्धी त्यहि पुष्पलालले देखेको सपनाको विस्तार रुप होइन र ? कति काम गर्न सकेका छन् त्यो बेग्लै पाटो होला ।
नेपालमा बाम प्रजातान्त्रिक आन्दोलनलाई फर्केर हेर्दा त्यति प्राथमिकता नदिएको देखिन्छ ?
हाम्रो सामाजिक विकासको जुन अवस्था छ ,त्यसले हाम्रो आन्दोलनको स्वरुप निर्धारण गर्ने हो । हामी विकसित पुँजीवादी समाजको अवस्थामा पुगेको छैन । हामी भर्खरै पुँजीवादी समाजतर्फ बामे सर्दै गरेको छौं । हाम्रो समाजमा विभिन्न वर्ग छन् । पुँजीपति वर्ग छन्, श्रमिक पनि छ, किसान पनि छ, मजदुर पनि छ , नोकरशाही र दलाल पुँजीपति वर्ग पनि छन् ।
अहिले हामी जुन समाजमा छौं, यो समाजको चरित्रले नै बाम प्रजातान्त्रिक ढाँचाको दिशा खोज्छ । अलिविकसित समाजमा बामपन्थी दिशा मात्र खोज्दो हो, हामी कहाँ बामपन्थीमात्र होइन कि दुई ओटै चरित्र बोकेको बाम र प्रजातान्त्रिक राजनीतिक र आर्थिक दिशा समाजले खोज्ने हो । त्यहाँ भएका बढी भन्दा बढी शक्तिलाई एउटै दिशामा राखेर पुसअप गर्नुपर्ने हुन्छ ।
पुष्पलालको लाइनमा अहिलेको मुलधारको कम्युनिष्ट आइपुगेका छन् । उनको विचार, आचरण र आर्दशलाई अनुशरण गरेका छन् कि छैन ?
पुष्पलालजत्तिको प्रतिबद्ध भएको नेता आफैलाई रुपान्तरण गरेको नेता, त्यत्तिको नेता बाम राजनीति भित्र करिब करिब त्यो हदसम्मको नेता दुर्लभ जस्तो ठान्छु । पुष्पलालको संयुक्त जनआन्दोलनको आग्रहको आजको संकट सँग जुध्नको निम्ति वृहत राष्ट्रिय एकताको आवश्यता छ । पुष्पलालको त्यो विचार आज पनि सान्दर्भीक छ । सन्दर्भ अलिकति फरक होला ।
पुष्पलाललाई बुझ्ने भनेको त्यो हो । पुष्पलालको एउटा फोटो राखेर आरती उर्तानु त्यहाँ जिन्दावाद मुर्दावादका नारा लगाउनु, एक गएर फोटो खिच्नु त्यो सम्मान हो जस्तो मलाई लाग्दैन । अर्को उनलाई २००८ सालमा महासचिवबाट हटाउने जुन निर्णय छ, त्यो निर्णय गलत थियो भनेर संस्थागत ढंगले निर्णय गर्नु पर्छ । पुष्पलाललाई यथोचित सम्मान गर्ने हो ।
COMMENTS