जनार्दनले प्रचण्डलाई सहयोग गरिरहनुभएको छ – अध्यक्ष प्रचण्डको सचिवालय

काठामाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्ड र पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्मालाई जोडेर विभिन्न संचार माध्यमा आएका समाचारहरुमा कुनै सत्यता नरहेको स्पस्ट पारेको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बिहीबार त्यस्ता भ्रामक समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै भ्रामक प्रचारहरुमा कुनै सत्यता नरहेको प्रस्ट पारेका छन् ।

केही दिन यता हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित / प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छ ।
आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।

पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board