१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार, वृद्ध पक्राउ

मोरङ, ९ साउन । मोरङको केराबारी गाउँपालिकामा शारीरिक रुपमा अपांगता भएकी बालिका बलात्कृत भएकी छन् ।

फरक क्षमता अपांगता रहेकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरेको हो । ललाईफकाई खेतमा लगेपछि १० रुपैयाँ पैसा दिएर बालिकामाथि बलात्कार गरेको खुलेको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का अनुसार बालिकाको शरीरको एउटा पाटो चल्दैन । उनी राम्ररी बोल्नसमेत सक्दिनन् । प्रहरीले राति १० बजे पक्राउ गरेर लिम्बूलाई कारबाही अघि बढाउन आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याएको छ । बलात्कार गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि वृद्ध पक्राउ परेका हुन् ।

बालिकाका अभिभावकले बलात्कारमा संलग्न लिम्बूलाई कानुनी कारबाहीको माग गर्दै शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने एसपी खड्काको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board