‘पार्टीभित्र समस्याहरु देखा पर्न थाले, जनता निराश हुँदै गए’

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको शासन व्यवस्थामा जनता निराश हुँदै गएको बताएका छन् ।

कम्युनिस्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उनले भने, ‘अर्काको रगत चुसेर बसेका शासकहरुलाई फ्याकेर ल्याइएको अहिलेको शासन व्यवस्थामा जनता निराश हुँदै गएका छन् । यो संकटको अवस्था हो ।’ उनले पार्टी यतिखेर संकटमा रहेको बताएका हुन् ।

४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी विधी र बिचारमा चल्न नसकेकोले पार्टीभित्र समस्याहरु देखा पर्न थालेको बताए ।

उनले पार्टी सामुहिक नेत्तृव र व्यक्तिगत जिम्मेवारीका दिएर चल्नु पर्ने भए पनि एकताको मान्डेट अनुसार पार्टी चल्न नसकेको बताए । यद्यपि पार्टी फुटने हो कि भनेर नेता कार्यकर्ताहरु निराश हुनु पर्ने अबस्था भने नभएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीको एकता बिरुद्ध बिचार केन्द्रित भएर छलफल जारी रहेको बताए ।

पार्टीमा चलेको संघर्ष कम्युनिस्टहरुको नियमित अभ्यास भएको बताउँदै प्रचण्डले ‘कम्युनिस्टमा वर्ग संघर्ष र वैचारिक विवादमा आइरहन्छ । कम्युनिस्ट पार्टीको संघर्ष समाजमा चलेको संघर्षको प्रतिरुप हो । कम्युनिस्ट पार्टीहरु एकता, संघर्ष, रुपान्तरण र फुटसम्म पनि पुगेका छन् ।’ उनले भने ।

उनले एकता निश्‍चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा हुने बताउँदै एकता चोचोमोचो मिलाएर नहुने बताए । अध्यक्ष प्रचण्डले संघर्षको जगभन्दा बाहिर एकताको माला जपेर पार्टी बलियो नहुने दाबी गरे । उनले एकता, संघर्ष, रुपान्तरणबाट फुटसम्म पुगेमा पनि नयाँ आधारमा नयाँ एकता आवश्यक हुने बताए ।

हामी अहिलेका कम्युनिस्टहरुले संसारभरिको इतिहास हेर्नुपर्छ। आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने क्रममा विभाजनको अवस्था पनि आउन सक्छ, यो कम्युनिस्ट पार्टीको अभ्यास नै हो।’ उनले भने ।

अध्यक्ष प्रचण्डले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको बताए। ‘पुष्पलालले अनेक दुस्ख र हण्डर खाएर पार्टी बनाउनु भएको थियो। २०१४ सालमा विचार, सिद्धान्त र नीतिसमेत उनकै पारित भएको थियो। नीति एउटाको पारित हुने तर नेतृत्वमा अर्को हुने समस्या उतिबेलै थियो।

आजको समस्या पनि त्यहीँ पो हो कि ’ उनले प्रश्न समेत गरे । यस्तै प्रचण्डले पार्टी भनेको बिचार र बिधिको एकरुपता भएको भन्दै पार्टी फुटबाट जोगाउन निरन्तर एकताकै पक्षमा आफु लागिरहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board