काठमाडौँ, ११ साउन । विराटनगरमा कार्यरत २० जना प्रहरीलाई कोरोनाको संक्रम देखिएको छ । प्रहरी स्रोतका अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित २० जनालाई कोरोना पुष्टि भएको हो ।
गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । त्यसक्रममा २० जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरिएको छ भने कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ ।
हालसम्म ९५ जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो समय संक्रमित प्रहरीको दर बढेको छ ।
यो पनि
प्रहरी हेडक्वार्टरमा चार जनामा कोरोना संक्रमण
COMMENTS