नेकपाभित्रको विवादको भित्री रुप, सहमतिको मर्म तोडियो, प्रचण्डको सन्देश पार्टी एकता नै अन्तिम विकल्प

काठमाडौं १४ साउन । नेपाल कम्युनिष्ट पार्टीमा तिव्र बनेको विवाद मंगलबार प्रधानमन्त्री केपी ओली र प्रचण्ड–नेपाल पक्षबी अघोषित टकरावको अवस्थामा आइपुगेको छ ।

गत ७ गतेको स्थायी समितिको बैठकबाट १३ गते मंगलबारका लागि स्थायी समितिको बैठक बोलाइएको यियो । तर मंगबबार विहान महासचिव विष्णु पौडेल बैठक स्थगित गर्ने अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव। लिएर खुमलटार पुगेपछि थप अन्योल बढेको सथियो। तर बैठक प्रधानमन्त्री निवासमा नै ४४ सदस्यीय स्थायी कमिटीका सदस्य मध्ये २९ सदस्य र द्द जना आमन्त्रि सदस्यको बैठक सम्पन्न भयो ।

प्रचण्ड – नेपाल पक्षले प्रधानमन्त्री ओलीले स्थगित गरेको बैठकको सूचनालाई वेवास्ता गर्दै बालुवाटारमै स्थायी कमिटीको बैठक गरे । बैठकले एकलौटी रूपमा बैठक स्थगित गरेर प्रधानमन्त्री ओलीले पार्टी विधान उल्लंघन गरेको निर्णय पनि गरे। उक्त बैठकले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर अर्को बैठक तोक्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्त नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले भने स्थायी कमिटी बैठक हलभन्दा केही पर आफ्नै निवासमा आफू नजिकका नेताहरूसँग अनौपचारिक छलफल गरेर बैठकले के के गर्न सक्ला भन्नेमा छलफल गरिरहेका थिए । सश्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबारको बैठकले आफूलाई प्रधानमन्त्रीबाट हटाउन यिर्देशन दिने आशंका थियो। तर बैठकले उल्टो ओलीसंग नै छलफल गरेर बैठक अघि बडाउने जिम्मा प्रचण्डलाई दिने प्रस्ताव पारित गरेपछि ओली पक्षको आशंका केवल आशंका बन्न पुग्यो ।

प्रधानमन्त्री तथा एक अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी समितिको बैठक –फोटो प्रचण्डको सचिवालय

प्रधानमन्त्री ओलीलाई कम्तिमा एक पदबाट हट्न दवाब दिइरहेको प्रचण्ड– नेपाल समूहको बहुमत भएको स्थायी कमिटी बैठकमा वामदेव गौतमले ल्याएको प्रस्तावले पनि बालुवाटारलाई केही राहत मिलेको ओली निकट एक जना सस्थायी समिति सदस्यले बताए ।

उपाध्यक्ष गौतमले पार्टी एकता रक्षा गर्न भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। त्यो प्रस्ताव मंगलबार एकाविहानै गौतमले खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई बुझाएका थिए । तत्कालै प्रचण्डले त्यो प्रस्ताव खारेज गरेका थिए । त्यसससपछि गौतमले त्यो प्रस्ताव अध्यक्ष ओली र अन्य स्थायी समिमि सदस्यलाई पनि वितरण गरेको बताइएको छ । त्यही प्रस्ताव गौतमले स्थायी कमिटी बैठकमा पनि राखे।

प्रधानमन्त्री ओलीलाई नै यो कार्यकालभरि प्रधानमन्त्री रहन दिने, महाधिवेशनसम्म उनी नै अध्यक्ष रहने र प्रचण्डलाई कार्यकारी अध्यक्षका रूपमा सक्रिय बनाउने उनको प्रस्तावको मूल ममं हो। जुन कुुरा गत वर्षको मंसिरको सचिवालय बैठकले नै निर्णय गरेको थियो । तर त्यो कार्यान्वयन नभएको दुवै अध्यक्षको बुझाई छ ।

प्रचण्डले अध्यक्षता गरेको र प्रधानमन्त्री ओली पक्षका नेता अनुपस्थित मंगलबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित २९ जना स्थायी कमिटी सदस्य उपस्थित थिए। ४४ सदस्यीय स्थायी कमिटीका २९ जना एकै ठाउँमा भेला हुनु प्रधानमन्त्रीका लागि गम्भीर चुनौती हो।

बैठक सुरू भएलगत्तै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ुजुगलु ले स्थायी कमिटी बैठक सुरू भएको सूचना सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। पछि प्रचण्डको अध्यक्षतामा बैठक सम्पन्न भएको भनेर पनि प्रचण्डको फेसबुक पेजमा सूचना राखिएको छ।
पार्टी प्रवक्ता श्रेष्ठले साउन १३ गते बस्ने भनिएको बैठक बसेको भनेर प्रतिक्रिया दिएका थिए। ओली पक्षका नेताहरूको बहिष्कारबीच पनि स्थायी कमिटी बैठक सम्पन्न भएको प्रचण्ड– नेपाल निकटका नेताहरूले बुझाई छ ।

यो बैठकलाई प्रधानमन्त्री ओलीनिकट नेताहरूले भने अनौपचारिक छलफल मात्रै भनेका छन्।
उपाध्यक्ष गौतमले बैठकमा आफूले पेस गरेको ६ बुँदे प्रस्ताव राखेका थिए। जुन प्रस्तावले प्रत्यक्ष रूपमा प्रधानमन्त्री ओलीलाई नै ठूलो सहयोग पुग्ने ठानेर नै प्रधानमन्त्री ओली डिनरका लागि महासचिव विष्णु पौडेलको संयोजनमा मंगलबार सांझ भैसे पाटीस्थित गौतम निवासमा श्रीमति राधिका शाक्य ससहति पुगेका थिए ।
तर बैठकमा बोल्दै गौतमले पार्टीमा अहिले देखिएको संकटको मुख्य कारक भने ओली रहेको बताएका थिए।

यति धेरै साथीले छोड्नुस भन्दा पनि उहाँले छोड्नुहुन्न। केपीबाट पार्टी पनि र सरकार पनि चल्दैन भनेर मैले एक वर्षअघि भनेको हो। त्यो बेला माधव कमरेडले सच्चिन दिनुपर्छ भनेर भन्नुभयो,’ गौतमको भनाइ स्थायी समिति सदस्य देवेन्दै पौडलेल भने अहिले पनि यत्रा साथीहरूले छोड्नुस् भन्दा उहाँले छोड्ने कुरै गर्नुहुन्न। उहाँसँग आलोचना सुन्ने साहस छैन। उहाँ कम्युनिस्ट हुन योग्य मान्छे नै होइन।

प्रधानमन्त्री ओलीका कमजोरी भए पनि उनले पार्टी फुटाउन सक्ने भएकाले आफूले उनलाई अहिल्यै नहटाऊँ भनेको भन्दै गौतमले स्पष्टीकरण पनि दिएका थिए।

ुहामीले यस्तो व्यक्ति बोकेका छौं, जसले फोहोर मात्रै बोकेको छ, तर जसलाई फाल्दा तत्काल दुर्घटना हुने डर पनि छ। त्यसैले उहाँलाई प्रधानमन्त्रीबाट नहटाऊँ,’ गौतमको भनाइ थियो । ‘
गौतमले धने प्रधानमन्त्री ओलीलाई ‘दुष्ट’ भन्दै पार्टीमा अहिले दुष्टसँग दैव पनि डराउनुपर्छु भन्नेजस्तो भएको बताए। गौतमले प्रधानमन्त्रीको जति आलोचना गरे पनि उनको प्रस्ताव भने ओलीलाई नै सहयोग पुगेको धेरैके अनुमान छ । श्रोतका अनुससार सोमबास बेलकासम्म गौतम यस्तो प्रस्तावको पक्षमा थिएनन् । तर ससोमबार राती महासचिव पौडले गौतमको सल्लाहामा त्यो छ बुंदे तयार भएको बताइएको छ ।

स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि उपाध्यक्ष गौतमको प्रस्ताव सहमतिको विन्दु हुन सक्ने अभिव्यक्ति दिएका छन्

एउटा अध्यक्षको सहमतिमा अर्को अध्यक्षले बैठक बोलाउन सक्नुहुन्छ, तर एउटा अध्यक्षको सहमति नभइकन अर्को अध्यक्षले बैठक बोलाउने भनेको सरासर विधानको विपरित भएको भन्नेहरु पनि छन् । यसस हिसाबल नेकपाको विाधान पनि विवादमा परेको छ ।

गौतमसंगक के कुरा भयो ?


उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्तावले राहत महसुस गरेका प्रधानमन्त्री ओली मंगलबार साँझै उनलाई भेट्न भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए।
पारिवारिक भेटघाटका लागि भन्दै भैंसेपाटी पुगेका ओली डेढ घन्टाभन्दा बढी बसेका थिए। प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्य अनि वामदेव गौतमका परिवारका सदस्यसहितको तस्बिर सार्वजनिकभएको छ । तर त्यो भेटम महासचिव पौडले पनि थिए । गौतम र पौडेल भैंसेपाटीमा बस्छन् ।
गौतमको प्रस्तावअनुसार अगाडि बढ्नुपर्ने धारणा प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूसँग समेत राखेका श्रोतले बताएको छ।
महाधिवेशन नभइकन अध्यक्ष नछाड्ने र संसदीय निर्वाचन नभइकन प्रधानमन्त्री नछाड्ने ओलीको अडान कायमै रहेको प्रधानमन्त्रीनिकट नेताहरुले बताएका छन्।

प्रधानमन्त्री केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच मंगलबार भएको पारिवारिक भेटघाट। तस्बिर: वामदेवका छोरा हरिशको फेसबुक


मंगलबारको बैठकमा पूर्वमाओवादी तर्फबाट गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, स्थायी कमिटी सदस्यहरू मणि थापा सहभागी थिएनन्।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बैठकमा बोल्ने सबैको चिन्ता पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।हामीले एकताका लागि सहमति खोज्नुस् भनेका छौ। संविधान र सरकार सबैलाई जोगाउन एकताको विकल्प छैन,’ पौडेलले भने– ‘बहुमतले निर्णय गर्न भन्दा बैठक स्थगित गरेर एकताको निम्ति भूमिका खेल्न प्रचण्डलाई भनेका छौं।’

‘अब केही दिन फेरि दुई अध्यक्षबीच छलफल र सहमतिको प्रयास हुन्छ,’ प्रचण्ड– नेपाल निकट नेताको बझाई छ । ‘प्रचण्ड–नेपाल पक्षले भने गौतमले जे प्रस्ताव ल्याएको भए पनि त्यसको खासै धेरै महत्व नहुने निश्कर्ष छ ।
‘‘बामदेव कहिले कता लाग्नु हुन्छ, कहिले कता। तर उहाँ जता लागे पनि स्थायी कमिटीमा त्यसले संख्यात्मक रूपमा खासै फरक पर्दैन प्रचण्ड–नेपाल पक्षको बुझाई छ ।
ओलीले बहिस्कार गरेको बैठकको सन्देश
प्रचण्ड–नेपाल पक्षको बहुमतले ओली हटाउंछ भन्ने प्रचारवाजी गलत समात्र सससावित भएको छैन कि एकताका लागि अन्तिम समम् कसरत गर्ने प्रस्तøव नै पारित गरेको छ। यससले पार्टीको बहुमत पक्ष पार्टी विभाजनको पक्षमा छैन । विशेषगरी प्रचण्ड विभाजन र ओलीलाई किनारैमा पुर्याउने पक्षमा छैनन भन्ने ससन्देश गएको नेकपाका नेताहरुले बताएका छने । ।

मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली आफू त सहभागी भएनन् नै, आफ्नो समूहका १४ नेताहरुलाई गयल हुन निर्देशन दिए ।

बिहान ११ बज्न केहीबेर मात्र बाँकी हुँदा प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा बैठक स्थगनको सूचना प्रेस सल्लाहकार सूर्य थापामार्फत सार्वजनिक गरेका थिए ।ओली समूहका नेताहरुको अनुपस्थितिमै बसेको बैठकले प्रधानमन्त्रीविरुद्ध प्रस्ताव नै पारित गर्‍यो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार बसेको स्थायी कमिटीको बैठकले गरेको निर्णय यस्तो छ

‘स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन, यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष बामरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय यो बैठकले गरेको छ । त्यसका साथसाथै आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटललाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्‍याउनका निम्ति पार्टीका सबै नेता कार्यकर्ता र सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ ।’

मंगलबार बिहानै खुमलटारमा नेकपा अध्यक्ष प्रचण्ड मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्यहरुसँग छलफलम रहेका थिए ।विहान ११ बजे बोलाएको स्थायी कमिटी बैठकमा कोभिड–१९ बारे छलफल गरेर साझा धारणा बनाउने र बुधबार सचिवालय बैठक बसेर अरु विषयमा सहमति खोज्ने आफ्नो सोच रहेको प्रचण्डले मन्त्रीहरुलाई सुनाइरहेको थिए ।

ठीक, त्यहीबेला प्रचण्डलाई बालुवाटारबाट प्रधानमन्त्री ओलीको फोन आयो । प्रधानमन्त्री ओलीले मंगलबार ११ बजे बोलाइएको बैठक स्थगित गर्न प्रचण्डसँग प्रस्ताव गरे । तर प्रचण्डले ओलीलाई भने, ‘बैठक अहिले नरोकौं । म आउँछु, अनि सल्लाह गरौंला ।’

फोन राखेपछि प्रचण्ड बालुवाटार जान हतारिएकै बेला केहीबेरमै स्थायी कमिटी बैठक स्थगित भएको प्रमका प्रेस सल्लाहाकार सूर्य थापाको फेसबुक स्टाटस आयो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्ने निर्णय गरे । पार्टी महासचिव विष्णु पौडेल र आफ्ना प्रेस सल्लाहकार सूर्य थापामार्फत प्रधानमन्त्रीले स्थायी कमिटी बैठक स्थगित भएको सूचना प्रवाह गराएको प्रति प्रचण्ड–नेपाल पक्ष आक्रोशित बनाएको थियो । बाबुवाटार पुगेपछि
सामान्य परामर्शपछि अध्यक्ष प्रचण्ड पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीको निवास मा गए ।

प्रचण्डले प्रधानमन्त्रीलाई बैठकमा आउन आग्रह गरे । तर, ओलीले आफूले स्थगित गरिसकेको भन्दै नआउने बताए । पार्टी प्रवक्ता श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुसँग भने, ‘आजको बैठकलाई विधिविपरीत अध्यक्ष केपी शर्मा ओलीले स्थगित गर्ने सूचना गर्नुभएकोमा यसलाई यो बैठकले अनुचित ठहर गर्ने निर्णय गर्नुभन्दा अगाडि अध्यक्ष कमरेड प्रचण्ड र बरिष्ठ नेता कमरेड झलनाथ खनाल अध्यक्षकमरेड केपी ओलीसँग छलफल गर्न जानुभएको थियो ।’

ओलीलाई भेटेर फर्किएका अध्यक्ष प्रचण्ड बैठक हलमा आए र नेताहरुलाई सम्बोधन गरे । सहभागी एक नेताका अनुसार प्रचण्डले एकपक्षीयरुपमा स्थायी कमिटी बैठक स्थगित गर्नु पार्टीमा दुई अध्यक्ष रहने सहमतिको मर्म विपरीत भएको बताए । ‘बैठक स्थगित गरेर गलत गर्नुभयो, यसले पार्टी एकता जोगाउन मद्दत गर्दैन’ प्रचण्डले भने । अर्का अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भए पनि एकता जोगाउन अन्तिमसम्म प्रयास गर्ने भन्दै उनले उत्तेजित नहुन आग्रह गरे ।

अध्यक्ष ओलीसँग सम्वाद गरेर फेरि बैठकलाई अगाडि बढाउन पहल गर्ने उनले बताए । त्यसपछि बैठकमा केही स्थायी कमिटी सदस्यले पनि एकता जोगाउन आ–आफ्नो धारणा राखेका थिए । ।

ओलीलाई झड्का
२९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्य उपस्थित बैठकले अध्यक्ष ओलीले एकपक्षीयरुपमा बैठक स्थगित गर्नु अनुचित भएको भन्दै
प्रचण्डले समय मागेअनुसार ओलीसँग छलफल गरेर स्थायी कमिटी बैठक सुचारु गर्ने जिम्मा उनैलाई दिइएको छ ।

‘जारी रहेको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने, ‘यस विषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखि अर्का अध्यक्ष कमरेड ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय भएको छ ।’

‘बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा केपी ओलीले जे गरे पनि हुन्छ, उनले जे भन्छन्, त्यो सबैले मान्छन् भन्ने स्थापित गर्न खोजियो । त्यसलाई तोड्न पनि यो बैठक बस्न जरुरी थियो ।’

यद्यपि पार्टीलाई फुटबाट जोगाउनकै लागि मंगलबारको बैठक नियमित एजेण्डामा प्रवेश नगरेको र ओलीसँग सहमति खोज्ने निर्णय मात्र गरिएको उनीहरुको तर्क छ ।

भीम रावलको प्रश्न जो विधान मान्दैन, उही एकता पक्षधर ?

बैठकमा भीम रावलले भनाइको सार यस्तो थियो–

यो स्थायी कमिटीको बैठक असार १० गतेदेखि आजसम्म यति लामो समयसम्म बस्दाखेरि पनि बैठकले कुनै पनि निर्णय गरेन । बैठकमा राम्रोसँग छलफल भएन । यसले हाम्रो पार्टीको क्षमता जनता र सबैका अगाडि हाम्रो विश्वसनीयतामाथि नै चोट पुर्‍याएको छ । र, बाहिर मुख देखाउन नसकिने स्थिति भएको छ ।

सरकारले अध्यादेश ल्याएका बेलामा हामी २० जना स्थायी कमिटीका सदस्यहरुले हस्ताक्षर गरेर पार्टी विधानको धारा ४९ को ४ अनुसार बैठकको माग गर्‍यौं । विधान अनुसार माग गर्दा पनि बैठक बोलाइएन । अहिले पनि बैठकका कार्यसूचिहरुमा प्रवेश नगर्ने, त्यसमा छलफल नगर्ने र नटुंग्याउने कुरा यो उचित भएन । बैठकमा छलफल गर्ने र निर्णयमा पुग्ने काम गर्नुपर्छ ।

कतिपय मानिसहरुले बाहिर भनेजस्तो यो पदका लागि मात्रै पनि होइन । हामीले खाली पदका लागि मात्रै स्थायी कमिटीको बैठकको कुरा गरेका होइनौं । यद्यपि काम अगाडि बढाउँदाखेरि त्यसमा पद पनि गाँसिएर आउँछ, त्यो अलग कुरा हो । तर, हामीले उठाएका राष्ट्रियता लगाउतका विषयमा कतिपय मानिसहरुले केही पनि होइन भनेका छन्, त्यस्तो सन्देश नजाओस् । हामीले विषयहरुलाई महत्वका साथ उठाएका छौं । जनता र देशको सरोकारको विषयमा हाम्रो धेरै ठूलो चासो छ ।

पार्टीको विभाजनको जुन कुरा गरिँदैछ, हामी पार्टी विधानअनुसार चल्नुपर्छ, पार्टीलाई एकतावद्ध बनाउनुपर्छ र पार्टीमा फुटका कुरा गर्नुहुँदैन, पार्टी प्रणालीबाट चल्नुपर्छ भन्ने मान्छेहरु नै पार्टी फुटतिर लागे भनेर ठान्छ भने त्यो गलत कुरा हो ।

जसले विधान नमान्ने, जसले संगठनको प्रणाली नमान्ने, बैठकमा छलफल गर्ने कुरालाई महत्व नदिने , त्यस्ताले चाहिँ पार्टीलाई एक बनाएको ठहरिने रु अनि पार्टी विधान, पद्दति र प्रक्रियाअनुसार चल्नुपर्छ भन्नेहरु चाहिँ फुट चाहन्छन् भन्ने कुरा गलत हो । हामी पार्टीलाई एकतावद्ध बनाएर लैजाने पक्षमा छौं ।

वामदेव गौतमजीले ६ बुँदे जुन अगाडि राख्नुभएको छ, उहाँले आज प्रयास गर्नुभएको छ । यस्तो प्रयास सबैले गर्नुपर्छ । उहाँलाई पनि धन्यवाद छ । पार्टीलाई एक ठाउँमा राख्ने प्रयास हामीले जहिले पनि गरिरहनुपर्छ । तर, स्थायी कमिटीको बैठक जारी छ भने यी कुराहरु बैठकमा छलफल हुनुपर्छ । बैठकबाटै त्यसलाई टुंग्याउनुपर्छ ।

मंगलबारदेखि नेकपाभित्र जुनखालको परिस्थिति उत्पन्न भएको छ, यसले पार्टीभित्रको विवाद मिल्नुको साटो झनै चर्किने संकेत देखिएको छ । सम्भवतः यही गम्भीरतालाई बुझेर हुनुपर्छ, स्थायी कमिटी सदस्य एवं मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा एक वाक्य लेखेका छन्, दुर्घटना नजिक देखिन्छ सल्लाह गरौं ।’
यसले नेकपा गम्भीर संकटकको डिलमा उभिएको भएपनि दुई अध्यक्षबीचको छलफलबाट समाधान निस्कने धेरै नेताहरुको आशा छ । त्यससमा पनि प्रचण्ड पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिएपछि नेकपा विभाजन हुंदैन भन्ने सन्देश पनि मंगलबारको बैठकको निश्कर्ष हो । ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board