लामो समय काम गर्दा कुर्सीमा बसेर आउने समस्याका लागि सजिला उपायहरु

काठमाडौं, १४ साउन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले धेरै व्यक्तिहरु घरबाट नै कार्यालयका सम्पुर्ण कामहरु गरिरहेका छन् । यस सिलसिलामा गलत तरिकाले बसेर काम गर्दा गर्धन, काँध र कम्मरको दुखाईबाट पीडित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । जसले स्वास्थ्यसम्बन्धी थुप्रै समस्याहरु पैदा गर्ने गर्छ । स्वास्थ्य विशेषज्ञका अनुसार दिनमा ८ देखि १० घण्टा कुर्सीमा बस्नु वा जुनसुकै तरिकाबाट बसेर काम गर्नु स्वास्थ्यका लागि बेफाइदा हुन सक्छ ।

त्यसैले, काम गर्दागर्दै हरेक ३० मिनेटमा बसेको स्थानबाट उठ्ने र २ देखि ३ मिनेटसम्म हिँडडुल गर्ने गर्नुपर्छ । त्यति मात्र होइन तौल बढ्ने समस्या पनि हुनसक्छ । कम्मर, ढाड, गर्धन र काँध दुख्ने समस्याले मानिसलाई हिँडडुल समेत गर्न नसक्ने अवस्थामा पुर्याउँछ । यसका साथै अन्य केही व्यायामहरु पनि तल उल्लेख गरिएको छ ।

–सीटको कुनै पनि भागमा नछोइकन कम्मर सीधा बनाएर बस्नुहोस् र काँधलाई विस्तारै विस्तारै अगाडि ल्याएर खुम्च्याउनुस् र फेरि पछाडिको भागमा लगेर खुम्च्याउनुस् ।

– आफ्नो दायाँ पाखुरालाई अगाडि पट्टिबाट छात्तीतिर घुमाउनुस् र तन्काउनुस् यसरी गर्दा काँधमा तन्किएको महसुस हुनुपर्छ । यसरी नै बायाँतिर पनि गर्ने गर्नुस् ।

– आफ्नो मुठ्ठीलाई ५ सेकेण्डसम्म कसेर बाध्नुहोस् र ५ सेकेण्डपछि छोड्नुहोस् । यो विधि ५ पटक दोहोर्याउनुस् ।

–दुवै पाखुरालाई सीधा छात्ती अगाडि राख्नुहोस् र एउटा हातको औँलाहरुले अर्को हातको औँलाहरु तान्नुहोस् । यस्तो गर्दा रक्तसञ्चार राम्रोसँग हुन्छ ।

–काँधको दुखाईबाट बच्नको लागि आफ्नो पाखुरालाई घुमाउनुस् र छातीमा राख्नुहोस् र कुहिनाको पछाडिको भागले शरीरको भागमा थिच्नुहोस् । यो प्रक्रिया ५ सेकेण्ड गर्ने गर्नुपर्छ र काम गरेको समयमा बारम्बार गरिरहनुपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board