कोरोनाको जोखिम: काठमाडौं उपत्यकामा थपिए ४५ जना नयाँ संक्रमित

काठमाडौं, १५ साउन । वितेको २४ घण्टामा काठमाडौंमा मात्रै ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४१, भक्तपुर र ललितपुका २–२ जना समेत रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ४१ सहित थप २७४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ ।

नेपालमा थप २७४ जनामा कोरोना संक्रमण, २४८ जना निको
नेपालमा गत २४ घण्टामा थप २७४ जना कोरोना संक्रमित थपिएका छन् ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार विहिबार ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भेटिएको पुष्टि गरे ।

मन्त्रालयका अनुसार विहिबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ । संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयका प्रवक्ता ड गौतमले बताए । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।


यो पनि पढ्नुहोस्
उपत्यकामा कोरोनाको संक्रमण दर बढ्यो, के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board