अमेरिका, १६ साउन । कोरोना भाईरस कोभिड १९ का कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको मृत्यु भएको छ । खबर अनुसार उनले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए ।
बिहीबार उनको वेवसाइटमा कोभिड–१९ को संक्रमणपछि केनको मृत्यु भएको जानकारी दिइएको छ । ७४ वर्षीय केन आफैं कुनै समय रिपब्लिन पार्टीमा राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए । गत चुनाव र यसपटक पनि उनी ट्रम्पको चुनावी अभियानमा समर्थक थिए ।
ओख्लाहोमास्थित तुल्सामा ट्रम्पको (यालीमा सहभागी भएर फर्किएको ९ दिनपछि २९ जुनमा केनलाई कोभीड–१९ भएको पुष्टि भएको थियो । यस (यालीमा सहभागी अन्य धेरै व्यक्तिले पनि मास्क लगाएका थिएनन् । जुलाई महिना अधिकांश समय केनले एटलान्टा क्षेत्रको अस्पतालमा बिताए ।
‘केनको करियर निकै अद्भूत रह्यो र उनीसँग भेट्ने सबैले उनको प्रशंशा गरे, विशेषगरी मैले । उनी धेरै विशेष मान्छे थिए, अमेरिकी राष्ट्रवादी र मेरा महान् साथी,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।
ट्रम्पका धेरै समर्थकहरुले जनस्वास्थविद्हरुको सल्लाह अस्वीकार गरेका छन् र मास्क लगाउन मानेका छैनन्, मास्कले उनीहरुलाई भाइरसको संक्रमणबाट जोगाउनसक्थ्यों, तर उनीहरुले फरक राजनीतिक वक्तव्य दिएका छन् ।
आफूमा कोरोना देखिएको घोषणा गर्नुपूर्व केनले ४ जुलाईमा दक्षिण डाकोटास्थित माउन्ट रुसमोरमा राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रमबारे जानकारी दिदैं ‘मास्क अनिवार्य छैन’ भनेका थिए । ‘राष्ट्रपति ट्रम्सले सहभागीता जनाउने यस कार्यक्रमका लागि मास्क लगाउनु अनिवार्य छैन, मानिसहरु वाक्क भइसकेका छन्,’ उनले ट्वीट गरेका थिए ।
COMMENTS