जनकपुरधाम, १८ साउन । जनकपुरधाम उपमहानगरपालिकामा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सोमबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ ।
स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको हो । यसअघि नै प्रदेश २ को बीरगंज, राजविराज र जलेश्वरमा निषेधाज्ञा जारी गरिसकिएको छ ।
COMMENTS