काठमाडौं, १८ साउन । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । गृहमन्त्री शाहले नै आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ।
‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा भनेका छन् ,‘मेरो अनुरोध कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला।’
COMMENTS