सरकारको आग्रहः ‘जेष्ठ नागरिक र बालबालिका घरबाट ननिस्कौँ’

काठमाडौँ, १८ साउन । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्‍न आग्रह गरेको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले नागरिकलाई यस्तो आग्रह गरेको हो । मन्त्रालयले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १२ वर्षमुनीका बालबालिकाहरुलाई काठमाडौंजस्ता घना बस्ती भएका ठाउँहरु बाहिर ननिस्कन अनुरोध गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या बढिरिहेपनि निको हुने दर पनि राम्रो भएको बताए । उनले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् । कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उनले आग्रह गरे ।

त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. गौतमले साउन १४ गतेको निर्णय अनुसार आरडीटी परीक्षण नगर्न पुनः जानकारी गराइएको बताए ।

यसैबीच प्रदेश २ को वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले विज्ञ टोली त्यसतर्फ पठाएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशन डा।दीपेन्द्र रमण सिहंको नेतृत्वमा उच्चस्तरीय टोली वीरगन्‍ज पठाइएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । यस्तै आवश्यक परेको स्थाानमा पनि विज्ञ टोली परिचालन गर्ने मन्त्रालयको तयारी भइरहेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board