विश्वभर १ करोड १४ लाख ४३ हजार बढी कोरोना संक्रमित निको

काठमाडौँ, १९ साउन । विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबारसम्म एकै दिन २ लाख १७ हजार ९०१ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख ३१ हजार ४६६ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । सोमबार बिहानसम्म १ करोड १४ लाख ४३ हजार ८१३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् । यस्तै एकै दिन ४ हजार ४०४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार ४२० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ७९४ जनाको मृत्यु भएको छ । २८ लाख ९८ हजार ४९७ जना संक्रमित भएकोमा १७ लाख ४८ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ९०१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५६ लाख ५२ हजार १७३ पुगेको छ । त्यसमध्ये २९ लाख १४ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९९ हजार ३२४ जनाको मृत्यु भएको छ । ४४ लाख ४९ हजार ९२९ जना संक्रमित भएकोमा ३२ लाख ९६ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४६ हजार ८०३ जनाको मृत्यु भएको छ । ४२ लाख ४४ हजार १८२ जना संक्रमित भएकोमा २८ लाख ५१ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ३५० जनाको ज्यान गएको छ भने ९ लाख ६१ हजार ३८८ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख १५ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २३३ जनाको मृत्यु भएको छ । १९ हजार ७०९ जना संक्रमित भएकोमा १२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board