कोरोनाको त्रासः मकवानपुरमा हिले नाच स्थगन

टिस्टुङ, १९ साउन । मकवानपुरको थाहा नगरपालिका वडा नं १ का कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्षको जनैपूर्णिमाको दिन देखाउने हिलेनाच यस वर्ष स्थगित भएको छ ।

सरकारले बन्दाबन्दी खोले पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले नाच स्थगित गरिएको कुन्छालका शिक्षक निराजन गोपालीले जानकारी दिए । परम्पराअनुसार कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्ष जनै पूर्णिमाको दिन आलोपालो गरीे नाच देखाउँदै आएका थिए । अघिल्लो वर्ष कुन्छालले तयार पारेको यस नाच यस वर्ष कुलगाउँको जिम्मेवारीमा परेको थियो ।

दुईमध्ये एउटा गाउँमा तयार पारिएको नाच पहिले आफ्नो गाउँमा देखाएर जनैपूर्णिमाकै दिन अर्को गाउँमा लैजाने चलन रही आएको छ । नाचमा परम्परागत कृषि कर्मअन्तर्गत धान रोपाइँका विभिन्न भूमिकालाई नाच र अभिनयमार्फत प्रदर्शन गर्ने गरिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board