मंगोलियाले किन्यो ११ टन सुन

उलानबटोर, २१ साउन । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ ।

मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।

मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर संचित रहेको छ । विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा संचिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board