काठमाडौँ उपत्यकामा एकै दिन १सय २ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा बुधबार एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार काठमाडौं उपत्यकामा बुधबार एकैदिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘बुधबार को नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको भनेपनि साँझ ७ बजेको रिपोर्टमा थप ४० जना संक्रमित थपिएको अधिकृत कोइरालाले जानकारी दिए । उनका अनुसार नयाँ थपिएका संक्रमितहरु अधिकांस प्रदेश नम्बर २ बाट उपत्यका प्रवेश गरेका तथा भारतबाट आएका व्यक्ति छन् । यस्तै कतिपय संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु छन् ।

उनीहरूमध्ये अघिकांश काठमाडौं जिल्लामा बसोबास गर्नेहरु रहेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न कोइरालाले काठमाडौंबासी लाई आग्रह गरेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board