काठमाडौं, २२ साउन । प्रदेश २ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
४४ वर्षीय मन्त्री यादवमा बुधबार राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।
स्रोतका अनुसार उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड पीएसओ, अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण भएको छ भने उनीहरुको स्वास्थ्य सामान्य रहेको बताईएको छ । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए ।
COMMENTS