काठमाडौं, २२ साउन । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पाण्डे टोलिसहित दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।
पाण्डेसँग सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली गएका थिए ।
उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको हो । पाण्डे स्वयंमले आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी दिए ।
COMMENTS