प्रहरी हिरासतमा पुगे २० महिने बालक

विराटनगर, २२ साउन । मोरङमा २० महिने बालक प्रहरी हिरासतमा पुगेका छन् । आमा र बुबालाई बहुबिवाह मुद्दा परेपछि २० महिने बालक २ साउनयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत आमासँगै बसेका छन् ।

हिरासतमा उनीसँगै प्रहरी हवल्दार बाबु सञ्जयकुमार यादव र आमा अनिषा खवास छन् । सञ्जयले ताप्लेजुङ थुम्बेदिनकी २३ वर्षीया अनिषा खवाससँग बहुविवाह गरेपछि उनी जन्मिएका हुन् ।

विराटनगर महानगरपालिका–१४ घर भएका ४० वर्षीय सञ्जयले ताप्लेजुङकै याम्फूदिन प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत रहँदा अनिषासँग प्रेम विवाह गरेका थिए ।

विवाहको जानकारी घरमा थिएन । तर विवाहपछि सन्तान भएको जानकारी पाएपछि जेठी श्रीमती सरस्वतीले बहुबिवाहको उजुरी गरेपछि उनीहरु पक्राउ परेका हुन् । प्रहरीले सञ्जय र उनकी कान्छी पत्नी अनिषालाई साउन २ गते पक्राउ गरेर हिरासतमा राखेर बहुविवाह मुद्दामा म्याद थप गरेर अनुसन्धान गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board