नेपालमा कोरोनाबाट ज्यान गुमाउको संख्या ६५ पुग्यो

काठमाडौँ, २२ साउन । नेपालमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुने संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समयमा मोरङ, पर्सा, सर्लाही, धनुषा, सप्तरी जिल्लामा मृतक थपिएसँगै ६५ पुगेको हो ।

पछिल्लो समय नेपालमा कोरोना भाईरसका संक्रमित दर बढेसँगै सरकारले कोरोना नियन्त्रणका लागि थप कडाई शुरु गरेको छ । आज मात्रै नेपालमा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेहरु ?
मृत्यु हुनेमा काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ल्याईएको थियो । आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

त्यस्तै, मोरङ जिल्ला रंगेली नगरपालिका ८ दर्वेशा बस्ने ४५ वर्षीय पुरुष रहेका मन्त्रालयले जनाएको छ । उनलाई साउन २१ गते ज्वरो तथा स्वासप्रश्वासमा समस्या भइ कोसी अस्पताल ल्याउँदा मृत्यु भएको थियो ।

त्यस्तै, मोरङकै विराटनगर महानगरपालिका ९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोसी अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी मिर्गौला तथा मधुमेहका दीर्घरोगी रहेका थिए । मृत्यु भएको दिन स्वाब संकलन गरी जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ बस्ने ६५ वर्षीया महिलाको साउन २१ गते मृत्यु भएको हो । उनको उपचारको क्रममा बलम्बु सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकमा धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी दम तथा मधुमेहको बिरामी थिइन् । उनको जाँच गर्दा कोरोना पुष्टि भएको छ ।

त्यसका साथै सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ । ज्वरो तथा स्वासप्रश्वासमा कठिनाइ भइ साउन २० गते उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना भएका थिए ।

थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनी डेढ महिनामा पहिले मलेसियाबाट आई होम क्वारेन्टाइमा बसेका मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ६५ पुगेको छ ।

पछिल्लो अपडेट
वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना भाइरसका संक्रमित देखिएका छन् । काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर थप ३६० जना कोरोना भाईरसका संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत देशभरका विभिन्न प्रयोगशालमा गरिएको परिक्षणबाट ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board