काठमाडौं, २३ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवोले कोरोना भाइरसबाट १ करोड ९२ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार २५२ जना संक्रमित भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको वल्र्डमिटरले जनाएको छ ।
कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ४६ हजार ८९ जना निको भएका छन् । यस्तै एकै दिन ६ हजार २६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख १६ हजार ५४८ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार २३२ जनाको मृत्यु भएको छ । २९ लाख ८२ हजार ५७६ जना संक्रमित भएकोमा १७ लाख ९३ हजार १५१ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार १६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख १२ हजार ३४१ पुगेको छ । त्यसमध्ये ३१ लाख ४७ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ५ हजार २६० जनाको मृत्यु भएको छ । ४७ लाख ७४ हजार ३०२ जना संक्रमित भएकोमा ३५ लाख ८७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५४ हजार ६०९ जनाको मृत्यु भएको छ । ४५ लाख ३४ हजार २०६ जना संक्रमित भएकोमा ३१ लाख ११ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २२ हजार ११४ जनाको ज्यान गएको छ भने १० लाख ११ हजार ८६७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ९३ हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २८१ जनाको मृत्यु भएको छ । २१ हजार ७३५ जना संक्रमित भएकोमा १२ हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।
COMMENTS