सत्ताको अहंकार बढ्यो, अन्ततः जित सत्यकै हुन्छ – प्रवक्ता श्रेष्ठ

काठमाडौं, २५ साउन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिल्दा सत्ता संकट चुलिदै गएको छ । सत्तारुढ नेकपाको सत्ता संकट समाधान हुनुको साटो दिनप्रतिदिन बढ्दो छ । प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच महिनौ छलफल भएपनि नेकपाको विवाद समाधान हुन सकेको छैन् ।

आन्तरिक विवाद समाधान हुन नसकेपछि नेकपाका नेताहरु अहिले सार्वजनिक रुपमै एकअर्काविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । पछिल्लो समय नेकपा विवादको शिलशिलामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मुख खोलेका छन् । यसअघि दुई अध्यक्ष मिलुन र पार्टीभित्रको विवाद समाधान गरुन भन्ने चाहेका प्रवक्ता श्रेष्ठ पछिल्लो समय बाध्य भएर आफै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट्स लेख्दै नारायणकाजीले प्रधानमन्त्रीओलीप्रति तिखो प्रहार गरेका छन् । सत्यको खोजीदेखि कम्युनिष्ट आन्दोलनसम्मका कुरालाई जोडेर प्रवक्ता श्रेष्ठले ओलीमा सत्ताको अहंकार बढेकै कारण नेकपा विवाद बल्झिएको पनि दाबी गरेका छन् ।

‘सत्यको प्रकाशमा र सत्यको वरिपरि समाज प्रगति र स्वतन्त्रताको यात्रमा अघि बढिरहेको हुन्छ । समाजको चुम्बकीय शक्ति सत्य नै हो । तर सत्य स्थापना त्यति सजिलो हुँदैन । त्यसैले तत्कालै सर्वस्वीकारर्य हुन्छ भन्ने पनि होइन । नत्र समाज सजिलै साम्यवादमा पुग्थ्यो वा रामराज्य बन्थ्यो’ नारायणकाजीले सत्यलाई जोडेले लेखेको स्टाट्समा अगाडी भनेका छन, ‘यसका लागि निरन्तरको धैर्यपुर्ण प्रयत्नको आवश्यकता हुन्छ । अन्ततः सत्यकै जित हुन्छ । किनकि सत्य सत्य हो । जीवन र जगतको स्वभाविक अस्तित्व एवं अग्रगति यसैमा अन्तर्निहित हुन्छ ।’

कम्युनिष्ट आन्दोलनमा माओवादी सशस्त्र द्वन्द्वको बलमा गणतन्त्र आएको दाबी गर्दै नारायणकाजीले सत्य लुकाउन षडयन्त्र अहिले पनि भइरहेको बताएका छन् । राजनीतिशास्त्री सुकरातदेखि चिनियाँ नेता माओसम्मको उदाहरण दिएर नारायणकाजीले लेखेका छन, ‘शुकरातलाई सत्य बुझ भनेर प्रचार गरिएकै कारणले शासकहरुले बिष पिलाएर हत्या गरे । गौतम बुद्धलाई आफ्नै शिष्य भिक्षुहरुले हत्या गर्ने दुष्प्रयत्न गरे । लेनिनलाई क्रान्तिको नेतृत्व गरेकै कारणले जर्मन एजेण्ट भनेर प्रचार गरियो । क्रान्तिपछि गोलि हानियो । महात्मा गान्धीको हत्या पनि त्यसैगरी गरियो ।’

चीनमा माओलाई सिध्याउन उनकै नेताहरु लागेको प्रसंग निकाल्दै प्रचण्डलाई अहिले पूर्व माओवादी नेताहरुबाटै असहयोग भएको बताएका छन् । साथै उनले पार्टी एकता गरेर देश विकासमा लाग्नुपर्ने बेला आन्तरिक लडाई गरेर नेताहरुलाई कमजोर पार्न खोजिएको पनि बताएका छन् ।

‘माओलाई आफैले उत्तारधिकारी भनेर घोषणा गरेको लिनप्याओले हत्या गरेर पद हत्याउने षडयन्त्र गरे । हाम्रा महान् शहीदहरुलाई लोकतन्त्र र परिवर्तनको सत्यको पक्ष लिएकै कारण तत्कालिन शासकहरुले हत्या गरे। तर कसैको विरोध, आरोप, हत्याको षडयन्त्र वा हत्याले सत्य पराजित भएन ।’

आफूहरुले सत्य र परिवर्तनको पक्ष लिएकै कारण विगतदेखि टाउकाको मूल्य तोक्नेदखि मार्नेसम्मको षडयन्त्र भएको सुनाउदै नारायणकाजीले अहिले सत्ताको अहंकारमा रमाएका नेताहरु आफूहरुलाई सिध्याउन उद्दत रहेको संकेत पनि गरेका छन् ।

‘जतिसूकै षडयन्त्र भएपनि अन्ततः सत्य स्थापित भई छाड्यो । त्यसैले सत्यको पक्षधरता कहिल्यै खेर जाँदैन । सत्यको पक्षमा निर्भिक भएर लागिरहौं । कहिलेकहीँ हामी सबैलाई सत्ताको अहंकारजन्य अन्धताले सत्यबाट विचलति हुने खतरा पैदा गर्दछ । यस्तो बेला आफू बचौँ र अरुलाई पनि बचाऔँ ।’ आफ्नो फेसबुक स्टाट्सको सारमा नारायणकाजीले लेखेका छन,

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board