काठमाडौं २७ साउन । के मान्छेको दुईवटा अनुहार हुन्छ रु दुई मुख, चार आँखा, दुई नाक । अनि भावना र सोंच पनि फरक । के यस्तो हुनसक्छ ? हुनसक्छ जब जब हामी कुनै काम गर्न तयार हुन्छौं, अर्को अनुहारले भन्छ ‘तँ यस्तो गर्न सक्दैनन् । यो काम गर्ने तेरो क्षमता छैन ।’ त्यसपछि हामी पछि हट्छौं । जब–जब हामी केही ठूलो योजना बनाउँछौं, अर्को अनुहारले भन्छ, ‘कसरी यस्तो काम गर्न सक्छस् रु यति ठूलो काम गर्ने हैसियत छैन ।’ त्यसपछि हामी पछि हट्छौं ।
इतिहासमा एउटा यस्तो पात्रको नाम उल्लेख छ, जसको दुई वटा अनुहार थियो ।अगाडि र पछाडि । आँखा चार वटा, नाक दुई वटा, मुख दुई वटा । १९ औं सताब्दीमा जन्मिएका ति व्यक्तिको नाम, एडवर्ड मारड्रके । इंल्यान्डका भनिएका ति व्यक्तिको पछाडिको मुखले बोल्न सक्दैनथ्यो, खाना सक्दैनथ्यो । तर, हाँस्न र रुन सक्थ्यो । आँखा देख्न सक्थे । खासमा जुम्ल्यहा जन्मुनपर्ने बच्चा गर्भ–दोषको कारण त्यस्तो हालतमा जन्मिए ।
हामीले चित्रमा देखेका छौं, पौराणिक पात्र रावणका १० वटा अनुहार । ब्रम्हाको तीन वटा । अरु देवी–देवताको पनि यस किसिमको विचित्र शारीरिक वनौट पाइन्छ ।
एडवार्डको कथा काल्पनिक होस् वा वास्तविक, आफ्नो ठाउँमा छ । यद्यपि हामीमा पनि बेलाबखत यस किसिमको मनोविकार पैदा हुन्छ । हामीलाई आफैमाथि रिस उठ्छ, टिठ लाग्छ, दुःख लाग्छ । धेरैजसो अवस्थामा त हामीले आफुले आफैलाई होच्याइरहेका हुन्छौं ।
भनिन्छ, एडवर्डले २३ बर्षको उमेरमा आत्महत्या गरे । किन ?
आत्महत्याको कारणबारे उनले सुसाइड नोट लेखेका थिए, जो आफैमा निकै आश्चर्यलाग्दो थियो । उनी जब खुसी हुन्थे, अर्को अनुहार रिसाउथ्यो । अर्थात उनको भावना विपरित हुन्थ्यो, दोस्रो अनुहार । उनी रमाएको, खुसी भएको, आनन्दित भएको क्षणमा अर्को अनुहार रिसाएको, दुःखी भएको हुन्थ्यो । उनलाई आफ्नै पछाडिको अनुहारले सताएपछि मर्न बाध्य भएको सुसाइड नोटमा उल्लेख थियो । खासमा उनी सुत्न खोज्थे, तर अर्को अनुहारले सुत्नै नदिने । केही न केही गरेर एडवर्डलाई अर्को अनुहारले दिक्क लगाएपछि अन्ततः आत्महत्या गर्न बाध्य भए ।
तर, वास्तविकता यस्तो थिएन । एडवर्डको अर्को अनुहार त थियो तर मस्तिष्क, मुटु एउटै थियो । भावना एउटै थियो । उनी खुसी हुँदा अर्को अनुहार दुःखी भएकै थिएन । खासमा यो उनको मनोविकार थियो । अर्को अनुहारले उनलाई सताएकै थिएन । तर, एडवर्डलाई लाग्थ्यो, म खुसी हुँदा यो दुःखी हुन्छ । म दुःखी हुँदा यो खुसी हुन्छ । मलाई नराम्रो हुँदा, यो रमाउँछ । मलाई राम्रो हुँदा, यो रिसाउँछ ।अर्थात हामीभित्रै यस्तो भावना पनि लुकेर बसेको हुन्छ, जसले हामीमा हीनताबोध पैदा गर्छ । हाम्रो सफलता, खुसी, उत्साह, उमंगमा यसले तगारो हाल्छ । जबसम्म यस्तो मनोविकारलाई हटाउँदैनौं, हामीलाई यसले सताइरहन्छ ।
COMMENTS