युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ मन्त्री दुलाल

काठमाडौं २८ साउन । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए । अन्तर्राष्ट्रिय युवा दिवस, २०२० को अवसरमा आज जारी एक सन्देशमा मन्त्री दुलालले सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिबद्धताकासाथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्न आह्वान गरे ।

मन्त्री दुलालले “युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन” नारासहित मनाउन लागिएको युवा दिवस नाराको भावअनुसार मनाउन आग्रह गरे। “स्थानीय स्तरदेखि राष्ट्रिय हुँदै विश्वस्तरमा नीति, कानून निर्माणदेखि कार्यन्वयन गर्ने जिम्मेवारीसम्ममा युवाहरूको सार्थक र सक्रिय भूमिका अभिवृद्धि हुनुपर्छ भन्ने नाराको भाव हो”, मन्त्री दुलालले सन्देशमा उल्लेख गरे ।

“आउनुस्, हामी सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिवद्धताका साथ राष्ट्र निर्माणमा जुटौँ” मन्त्री दुलालले सन्देशमार्फत आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board