बालुवाटार पुगे प्रचण्ड, ओलीसँग छलफल शुरु

काठमाडौं, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको विवाद यतिबेला नेताहरुबीच भेटवार्ता नहुँदा संवादहीनता जस्तै देखिएको छ । केहि दिन अघिदेखि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता हुन सकिरहेको थिएन । तर, लामो संवादहीनतापछि अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ ।

केहीबेरअघि ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेको खबर छ ।
उनीहरुले अहिले पार्टीमा देखिएको विवाद समस्या समाधान लगायतमा छलफल गरिरहेको स्रोतले बतायो ।

प्रचण्ड-माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीको बैठकमा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान राख्दै आईरहेका छन् । ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित गरिएको भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board