काठमाडौं, २९ साउन । तातोपानी र केरुङ भन्सारबाट काठमाडौं आउन लागेका मालबाहक कन्टेनर महिनौंदेखि चीनमै रोकिएका छन् । लामो समयसम्म सामान रोकिदा नेपाली व्यवसायीका करोडौं मूल्यका सामान बाटैमा सड्न थालेका छन् । कन्टेनरमा लोड गरिएका सयौं क्विन्टल स्याउलगायतका खाद्यवस्तु कुहिएर फ्याँकिएको छ ।
तयारी पोसाक, मेसिनरी सामानलगायतका कमर्सियल वस्तु बोकेका दुई हजारभन्दा बढी कन्टेनर तिब्बतको केरुङ र खासामा अलपत्र परेका छन् । नेपाली व्यवसायीले गत पुस–माघमै खरिद गरेका तयारी पोसाक अझै चीनका विभिन्न सहरमा गोदाम गरिएको छ ।
यसबाट व्यवसायीहरू करोडौं रुपैया नोक्सानी व्यहोर्न बाध्य भएका छन् । कोरोना भाइरसको त्रास, पहिरोले सडकको दुरवस्था र तिब्बतको कुतीस्थित ताल फुट्ने हल्लाले चिनियाँ पक्षले कन्टेनरको आउजाउमा रोक लगाउँदा समस्या बढेको हो ।
COMMENTS