च्याम्पियन्स लिग फुटबल: पेरिस सेन्ट जर्मन एटलान्टालाई हराउँदै सेमिफाईनलमा प्रवेश

काठमाडौं – पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिली स्टार नेयमार प्रेरित पीएसजीले ईटालियन क्लब एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफमा ईटालियन क्लब एटलान्टाले खेलमा अग्रता बनाएको थियो ।

पीएसजीको कमजोर डिफेन्सको फाईदा उठाउदै २६ औं मिनेटमा मारियो पसालिसले सिरि ए क्लबलाई अग्रता दिलाएका छन् । दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्तीमा सुधार आयो । एम्बाप्पे र नेयमारको जोडीले दोस्रो हाफभर एटलान्टाको डिफेन्सलाइ ब्यस्त राखेको थियो ।

खेलको अन्तिम मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए । नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए । खेलको अन्तिम मिनेटमा एटलान्टाका लुईस मुरिलले बराबरी गर्ने अवसर गुमाएका थिए । पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

युरोपेली क्लब फुटबलमा राज गर्ने उद्धेश्य सहित पीएसजीले नेमयारलाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्धन गरेको थियो । नेयमारले म्यान अफ दी म्याच अवार्ड प्राप्त गरेका छन् । पीएसजीले सेमिफाईनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासंग खेल्नेछ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board