नेकपा विवादः आजको वार्ताले केही परिणाम ल्याउने नेम्वाङको आशा

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भेटवार्ता शुरु भएको छ । नेकपाका आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय ओली र प्रचण्डबीच शुक्रबार दोस्रो दिनको भेटवार्ता सुरु भएको हो ।

वार्ताका लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नौ दिनको मौनतापछि ओली र प्रचण्डबीच बिहीबार हिजो चार घण्टा वार्ता भएको थियो । ओली र प्रचण्ड निकटका नेताहरुले बिहीबार भएको वार्तामा पार्टीभित्रको समस्या समाधानउनमुख कोणबाट अघि बढेको बताउदै आएका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुनेछ ।

उनले हिजोको वार्ताको निरन्तरतास्वरुप आज पनि वार्ता हुने बताए । आजको वार्ताले केही परिणाम ल्याउन सक्ने नेम्वाङको आशा छ । उनले भने, उहाँहरूबीच छलफल भएका विषयहरुबारे त जानकारी छैन तर पार्टी विवाद समाधानका लागि उहाँहरु गम्भिर भएको बुझिएको छ ।

दुई नेताको वार्तामा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा सहयोेगिका रुपमा सहभागी हुदै आएका छन् ।  नेकपामा ओलीको राजीनामाको विषय चर्को रुपमा उठेपछि असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अवरुद्ध बन्दै आएको छ ।



यो पनि
ओली-प्रचण्डबीच सकारात्मक ‘संवाद’, के-के भयो छलफल ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board