नेकपाको विवाद समाधानउन्मुख, ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार भएको भेटवार्तामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो ।

केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको हो । विवाद समाधान गर्ने कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । स्रोतका अनुसार कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको छ ।

 नेकपाका आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय ओली र प्रचण्डबीच शुक्रबार दोस्रो दिनको भेटवार्ता सुरु भएको हो । वार्ताका लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

नौ दिनको मौनतापछि ओली र प्रचण्डबीच बिहीबार हिजो चार घण्टा वार्ता भएको थियो । ओली र प्रचण्ड निकटका नेताहरुले बिहीबार भएको वार्तामा पार्टीभित्रको समस्या समाधानउनमुख कोणबाट अघि बढेको बताउदै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board