नेकपा कार्यदलको बैठक महासचिव निवास भैंसेपाटीमा

काठमाडौं, ३१ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलको बैठक भैंसेपाटीस्थित निवासमा महासचिव विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमा बसिरहेको छ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार र शुक्रबारको छलफलपछि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। महासचिव पौडेलको नेतृत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन्।

कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ। बैठक सुरु हुनुअघि पौडेलले भने, ‘कार्यदलले समस्या के हुन्, समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर छिटो प्रतिवेदन पेश गर्ने छ। त्यो प्रतिवेदनलाई समेत आधार मानेर दुई अध्यक्षले औपचारिक रुपमा पार्टीका बैठकमा प्रस्तुत गर्ने छन् । पार्टीका आन्तरिक जीवनमा समस्या समाधान गर्नेगरी अगाडि बढ्ने बताईएको छ । कार्यदलको समयसीमा तोकिएको छैन। जतिसक्दो चाँडो काम टुंगाउने जिम्मेवारी दिइएको छ ।

डेढ महिना लामो तिक्ततापूर्ण विवाद र आरोप–प्रत्यारोपपछि विवाद समाधानका लागि नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको हो । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको संवादमा कार्यदल बनाउने सहमति भएको बनेको हो । कार्यदल बनाउने सहमतिपूर्व आफूहरुसँग संवाद नगरेकोमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । कार्यदल सदस्य शर्माले पार्टी विवाद हल गर्ने गरी कार्यदल बनेको बताए ।

कार्यदल संयोजकसमेत रहेका पौडेलले पनि कार्यदलले समस्या पहिचान गर्ने र समाधानको सुत्र पहिल्याउँदै सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने बताए । कार्यदलको पहिलो आज बैठक शनिबार १२ बजे बसेको हो । कार्यदलका एक सदस्य तीन–चार दिनभित्र प्रस्ताव तयार पार्ने बताउँछन् । कार्यदलले सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि केही प्रस्ताव तयार पार्नेछ । कार्यदलले महाधिवेशनको तयारीबारे पनि प्रस्ताव बनाउने जिम्मा पाएको छ ।

शीर्ष नेतृत्वको दर्जनौंपटकका भेट र बहुआयमिक प्रयासका बीच पनि नेकपाभित्र सहमति जुट्न नसकेको अवस्थामा महासचिवको नेतृत्वमा बनेको कार्यदलले निकास दिनुपर्नेमा नेताहरुको जोड रहेको छ । नेकपाका धेरै नेता–कार्यकर्ताको यसैमा चासो छ । कार्यदलको प्रस्तावमा सचिवालयमा सहमति गर्ने र स्थायी कमिटी सुचारु गरेर त्यहाँबाट निर्णय गराउने नेताहरुको कोशिस छ । केही तथ्यहरुको विश्लेषण गर्ने हो कार्यदले सहमति जुटाउने सम्भावना देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board