प्रधानमन्त्री ओली मोदीबीच चाँडै दुई पक्षीय सम्बन्धमा छलफल गर्ने सहमति (विज्ञप्तीसहित)

काठमाडौं, ३१ साउन । केही समयदेखि चिसोपन देखिएको नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धका बिषयमा निकट भविष्यमा छलफल हुने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको टेलिफोन बार्ताको क्रममा सहमति भएको हो ।
भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा प्रधानमन्त्री ओलीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन गरि प्रधानमन्त्री मोदी र भारतीय जनतालाई सुभकामना दिनुभएको थियो । उक्त फोनर्वार्तामा दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, नेपाल र भारतका प्रधानमन्धीबीचको सम्बावबारे परराष्ट्र मन्त्रालयले बिज्ञप्ती जारी गर्दै भनेको छ । परराष्ट् मन्त्रालयका अनुसार कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गर्नुभएको छ ।

मन्त्रालयका अनुसार आजको टेलिफोन कुराकानीका क्रममा ओली र मोदीबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर काम गर्ने विषयमा छलफल भएको छ । कुराकानीका क्रममा दुई देशले कोरोना संक्रमण रोकथामका लागि गरिरहेको कामका बारेमा आफ्नो अनुभवसमेत साटेका छन् । दुई प्रधानमन्त्रीबीच कोरोना असर नियन्त्रणका लागि मिलेर अगाडि बढ्ने सहमतिसमेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले भारतसहित विश्वका वैज्ञानिकले कोरोनाविरुद्धको खोप बनाउने र यसले कोरोना नियन्त्रणमा लिन सक्ने आशा व्यक्त गरेका छन् यसैगरी भारतीय विदेश मन्त्रालयले दुई प्रधानमन्त्रीबीचको कुराकानीमा नेपालका प्रधानमन्त्री ओलीले भारतको सहयोग निरन्तर राखि राख्न अनुरोध गरेको जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board