च्याम्पियन्स लिगमा लियोनद्वारा म्यानचेस्टर सिटी ३–१ ले पराजित

काठमाडौं, ३२ साउन ।  लियोन, च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै लियोन अन्तिम चारमा प्रवेश गरेको छ ।

खेलको २४ औं मिनेटमा कोर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । ६९ औं मिनेट म्यानचेस्टर सिटीका डि ब्रयोनले गोल गर्दै खेल बराबरीमा पुर्याए । तर डेम्बेलेले ७९ /८७ मिनेटमा गोल गरेपछि लियोन ३–१ ले विजयी भयो । योसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा पर्सि राति आरबी लेइप्जिग र पेरिस सेन्ट जर्मेन खेल्नेछन् भने बुधबार राति लियोन र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुनेछ । लिगको उपाधिको लागि अर्को आइतबार राति खेल हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board