मन्त्रिमण्डल पुनर्गठनको तयारीः नयाँ मन्त्री बन्ने चर्चामा को-को छन् ?

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी तयारीमा लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएसँगै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी लागेको खबर छ ।

शुक्रबार भएको भेटवार्तामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको थियो । पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्ने स्रोतले बताएको छ । त्यसपछि महाधिवेशन र मन्त्रिमण्डल पुर्नगठन तथा केही मुख्यमन्त्रीहरु फेरवदल गर्नेगरी कार्यदलले खाका तयार गर्ने तयारी रहेको खबर छ । तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको स्रोतको भनाई छ ।

कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारीपछि सो पार्टीका नेता कार्यकर्तामाझ मन्त्रिमण्डल पुनगर्ठनको चर्चा चल्न थालेको हो ।

शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरु हेरफेर तथा मुख्यमन्त्रीहरुको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज नेकपाको सचिवालयमा धेरै पहिलेदेखि नै उठ्दै आएकाले त्यसको सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने आँकलन धैरैले गरेका छन् ।

स्रोतका अनुसार नयाँ मन्त्रीकोरुपमा सचिवालयका दुईजनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा छन् । राष्ट्रियसभा सदस्यमा मनोनित गरेर भएपनि उपाध्यक्ष बामदेव गौतमलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । त्यसका लागि नेताहरु कानुनी परामर्शमा लागेका छन् ।

नौ दिनको मौनतापछि ओली र प्रचण्डबीच बिहीबार हिजो चार घण्टा वार्ता भएको थियो । ओली र प्रचण्ड निकटका नेताहरुले बिहीबार भएको वार्तामा पार्टीभित्रको समस्या समाधानउनमुख कोणबाट अघि बढेको बताउदै आएका छन् ।

यो पनि
नेकपाको विवाद समाधानउन्मुख, ६ सदस्यीय कार्यदल गठन

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board