जनकपुरधामा, ३२ साउन । नेपालमा थप एक जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जनकपुरधामस्थित काब्य हस्पिटलमा ४३ बर्षीय पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको मृत्यु भएपछि अस्पतालमै स्वाब संकलन गरी शव परिवारजनको जिम्मा लगाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार परिवारले शव लिएर अन्तिम संस्कारसमेत गरिसकेको अवस्थामा आइतबार राति मृतक पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको हो । प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
COMMENTS