लक्ष्मीभक्त उपाध्याय लम्साल, पुष्पलालका सहयोद्धा । ९१ वर्षको उमेर । लठ्ठीको सहारामा पनि यताउता कठिन । कानले राम्रोसँग सुन्न र आँखाले स्पष्ट देख्न सक्नुहुन्न । बुढ्यौलीको खोकीले उत्तिकै सताइरहन्छ । तथापि, आजपनि उहाँको स्मरण र अभिव्यक्ति शैली भने उत्तिकै ऊर्जाशिल, प्रेरणादायी र अग्रगामी छ । पुष्पलाल स्मृतिको सन्दर्भमा कुराकानी गर्न हामी उहाँको निवासमा पुगेका थियौं । लठ्ठी समातेको हात कमाउदै उहाँ आफैं घरको मूल गेट खोल्न हामीसामु आइपुग्नुभएको थियो । लाग्थ्यो, घरमा कोही छैनन् । निकैबेर उहाँसँग कुरा गरिसक्दा पनि घरमा कोही देखिएन । हामीले सोच्यौं, बुढेसकालमा उहाँ पनि एक्लोजस्तै हुनुहुँदोरहेछ । उनै लक्ष्मीभक्त उपाध्यायसँग गरिएको विशेष संवादको सारसंक्षेप :
कम्युनिष्ट पार्टीको पर्चा पढेर कम्युनिष्ट पार्टीमा लागें
दिन त त्यसैत्यसै बितिजाँदो रहेछ । मैले २००७ सालको क्रान्तिभन्दा अघि २००६ सालमै राजनीति सुरु गरें । २००७ सालको क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गर्ने भनेर गएको थिएँ, माघ १ गतेको दिन । त्यहाँ कर्फ्यु लागेको थियो, गोली चल्यो र ६ जना साथीहरुको देहावसान भयो । २००७ सालको क्रान्तिमा सबैभन्दा बढी मान्छे मरेको पनि तनहुँको बन्दीपुरमै हो । त्यसपछि दिल्ली सम्झौता भयो र राणाविरोधीको आन्दोलनलाई रोक्ने काम राजा त्रिभुवनसँग मिलेर काँग्रेस र नेहरुले गरे । हामीले राणाविरुद्ध आन्दोलन चलाएका थियौंं, राणाका सिपाहीले हामीलाई गोली हान्यो, हाम्रा साथी मरे तर त्यही राणा प्रधानमन्त्री बनाएर काँग्रेस सिंहदरबारमा फर्कने तयारी गरे ।
हामीलाई असैह्य भो, राणाविरुद्धको आन्दोलनमा गोली चल्दा एक ईन्चीले गोली नखाएको मैले । धर्मध्वज गुरुङसँग सँगसँगै टाँस्सिएको थिएँ, उसलाई गोली लाग्यो, मलाई लागेन, । उसलाई बोकेर पानी खुवाउन लगें । त्यही राणा पछि प्रधानमन्त्री बनाउन ल्याएपछि राणा–त्रिभुवन–कोइराला मण्डलीहरु जसले, नेपालको क्रन्तिलाई धोका दिए, दिल्ली सम्झौता गरे । धन्न नेपाल कम्युनिष्ट पार्टीले विरोधमा पर्चा छ¥यो । त्यो पर्चा पढेपछि म पनि कम्युनिष्ट पार्टीतिरै लागे ।
२००८ सालको असार महिनामा म कम्युनिष्ट पार्टीमा प्रवेश गरें । २००७ सालको क्रन्तिदेखि लिएर आज २०७७ साल, नेपाल कम्युनिष्ट पार्टी गठन हुँदासम्म पनि म नथाकीकन निरन्तर आइरहेको छु । तर मलाई कम्युनिष्ट बनाउने, क्लास दिने, मलाई सिकाउने, सारा कामहरु गर्ने चाहिं कमरेड पुष्पलाल, जोसित मैले पार्टी सदस्यता लिए, उहाँले मलाई पार्टी सदस्यता दिनुभो, मैले पार्टी सदस्यताको सपथ खाएँ, त्यहाँबाट काम गर्दै आएँ ।
राणाविरुद्धको आन्दोलनमा गोली चल्दा एक ईन्चीले गोली नखाएको मैले । धर्मध्वज गुरुङसँग सँगसँगै टाँस्सिएको थिएँ, उसलाई गोली लाग्यो, मलाई लागेन, । २००८ सालको असार महिनामा म कम्युनिष्ट पार्टीमा प्रवेश गरें । २००७ सालको क्रन्तिदेखि लिएर आज २०७७ साल, नेपाल कम्युनिष्ट पार्टी गठन हुँदासम्म पनि म नथाकीकन निरन्तर आइरहेको छु । तर मलाई कम्युनिष्ट बनाउने, क्लास दिने, मलाई सिकाउने, सारा कामहरु गर्ने चाहिं कमरेड पुष्पलाल, जोसित मैले पार्टी सदस्यता लिए, उहाँले मलाई पार्टी सदस्यता दिनुभो, मैले पार्टी सदस्यताको सपथ खाएँ, त्यहाँबाट काम गर्दै आएँ ।
पुष्पलालले दाजुको लाश बुझ्दै राणाशासन अन्त्य गरेरै छाड्ने कसम खाए
पुष्पलाल शहिद गंगालालको भाई हो । गंगालाललाई शोभा भगवतीमा गोली हान्न भनेर राणाहरुले लिएर आए, क्षेत्रपाटीको बाटोमा उनको घरैमा आएर उनलाई भने केही सोध्नु छ कि ? गंगालालले भने छैन । घरबाट खबर आयो, त्यही दिन छोरो जन्म्याथ्यो, गंगालालको । फोन ग¥याथे, उनी सरासर गएँ, उनलाई गोली हाने, मारे । लाश बुझन् आओ भन्दाखेरी, त्यस्तै ६ वर्षको फरक हुँदा हुन्, भाई १६ वर्षको पुष्पलाल, दाजुको लाश बुझ्न गए, त्यसपछि म यो राणाको अन्त्य नगराई छोड्दिन भनेर त्यही कसम खाए, पुष्पलालले १६ वर्षको केटोले ।
त्यसपछि उहाँले नेपालको विभिन्न ठाउँमा घुम्ने काम गर्नुभो, विभिन्न नेतालाई भेट्ने काम गर्नुभो, राष्ट्रिय कांग्रेसको कार्यालय सचिव बनेर काम गर्नुभो, दिल्ली, कलकत्ता जानुभो । त्यसपछि त्यहाँ काम गरेर मात्रै मुलुकमा आमूल परिवर्तन हु“दैन, देशमा क्रान्ति हुँदैन, राम्रो हुँदैन भन्ने लागेपछि भारतीय कम्युनिष्ट पार्टीका नम्बूदरीपाद, ज्योति बसु, अयोध्यासिंह, नृपेन्द्र चक्रवर्ती लगायतका नेताहरुसित सम्पर्क गर्नुभो, अध्ययन गर्नुभा । उता नेपालको पाल्पा, बाग्लुङ, पोखरा, पश्चिम पहाड, पूर्वी पहाड– नेपालका धेरै भाग घुम्नुभो । नेपालमा अब कम्युनिष्ट पार्टीको जन्म दिने हो भनेर निर्णय गर्नुभो । कम्युनिष्ट पार्टी नभईकन परिवर्तन हुन सक्दैन भन्ने भयो ।
गंगालाले पनि कम्युनिष्ट पार्टीको किताब पाटन क्याम्पसमा भारतको एउटा मास्टर थियो अरे, उसले ल्याउँथ्यो रे किताबहरु, पत्रिकाहरु त्यो पढेर उनीहरु कम्युनिष्ट बने । दशरथचन्द, गंगालाल उनीहरु बनिसक्याथे । त्यसपछि नेपालमा २००७ सालको क्रन्तिमा केही होला कि भनेर हामी, साथीहरु लाग्यौं, तर त्यो एउटा सम्झौतामा टुंग्याईयो, केही पनि हुन सकेन । पुष्पलाल भन्नुहुन्थ्यो– एउटा काँधमा बोकेको बन्दुक, अर्को काँधमा भिर्या मात्रै हो, राणाको अधिकार शाहलाई दिइयाछ, राणाले जुन अधिकार लियाथे खोसेर त्यो अधिकार शाहलाई दिए, केही परिवर्तन भएको छैन यहाँ । बोल्नसम्म पाइया’छैन ।
संघीयता, समावेशी यी सबै जुन अहिले भइरहेका छन् नि, यी सबै कुरा पुष्पलालले २००८ सालको सम्मेलनमा राख्नुभयो । त्यसपछि तत्कालीन सरकारले तुरुन्तै संविधानसभाको चुनाव गराउने र राणाको सम्पूर्ण सम्पत्ति जफत गर्ने पार्टीले निर्णय गर्यो ।
पुष्पलालले समानुपातिक, समावेशी र गणतन्त्रको नारा २००६ सालमै दिएका हुन्
२००६ साल वैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको गठन भयो, पार्टी गठन भएपछि उहाँले पहिलो प्रजा भन्नुभयो, नेपालमा पहिलो नागरिक अधिकार बहाली गर । त्यसपछि २००८ सालको सम्मेलनमा पुष्पलालले भन्नुभयो– २००७ को क्रन्तिमा काँग्रेसले धोका दिए, अब हामी नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ, आन्दोलन गर्नुपर्छ । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेर सरकार बन्यो, कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लायो । हामीले कलकत्तामा एउटा सम्मेलन ग¥यौं, त्यो पहिलो सम्मेलनमा राणा–त्रिभुवन, कोइराला मण्डली, पछि मालेहरुले भिन्नै गोलमेच सम्मेलन गरे । तुरुन्तै संयुक्त सरकार गठन गर, यसको लागि संयुक्त भेला बोलाऊ, संयुक्त भेलाले सबै राजनीतिक र वर्गीय पार्टीको भेला बोलाऊ, त्यो भेलाले अन्तरिम सरकारको निर्णय गर्छ, त्यो अन्तरिम सरकारले संविधानसभाको चुनाव गराउ“ भनेर, २००८ साल सेप्टेम्बरमा हामीले निर्णय गयौँ ।
समानुपातिकको चुनाव त्यही बेलामा हुनुपर्छ भनेर भनेको हो । संघीयता, समावेशी यी सबै जुन अहिले भइरहेका छन् नि, यी सबै कुरा पुष्पलालले २००८ सालको सम्मेलनमा राख्नुभयो । त्यसपछि तत्कालीन सरकारले तुरुन्तै संविधानसभाको चुनाव गराउने र राणाको सम्पूर्ण सम्पत्ति जफत गर्ने पार्टीले निर्णय ग¥यो । का“ग्रेस सरकारमा थियो, काग्रेसले त्यो काम गरेन, उल्टो कम्युनिष्टहरुलाई पक्राउ गरेर पार्टीमाथि प्रतिबन्ध लगायो । २०१२ सालसम्म कम्युनिष्ट पार्टीले नेपालभरी किसान आन्दोलन चलायो, किसान वर्गसंघर्ष ग¥यो त्यसपछि २०१३ साल वैशाख ५ गते बल्ल पार्टीमाथीको प्रतिबन्ध फुक्यो र प्रतिबन्ध फुकेपछि फेरि हामीले दोस्रो महाधिवेशनको तयारी ग¥यौं, दोस्रो महाधिवेनमा जातीय जनतान्त्रिक संयुक्त मोर्चा गठन भयो । जुन मोर्चाले नेपालमा तुरुन्तै संविधानसभाको चुनाव गराउने माग ग¥यो । प्रजापरिषद्, राष्ट्रिय का“ग्रेस र कम्युनिष्ट पार्टी मिलेर त्यो बेला टंकप्रसाद अध्यक्ष र पुष्पलाल सचिव भएर त्यो मोर्चा गठन भएको थियो । र, देशव्यापीरुपमा संविधानसभाको चुनावको लागि आन्दोलन, जुलुस, ग¥यौं, धरपकड सबै कुराहरु भए तर अन्तिममा गएर का“ग्रेसले धोका दियो ।
संविधानसभाको चुनाव गराउने भनेर आम जनता सडकमा ओर्लिएका थिए, बीपी कोइराला गएर संसद मान्छु भनेर हस्ताक्षर गरेर मञ्जुरी गरे । धोका दिए । यो ठूलो धोका थियो । त्यो बेलामा संविधानसभाको चुनाव भैदियाभए ३० वर्षे पञ्चायत नै आउँदैनथ्यो । धोका दिएपछि हामी कम्युनिष्ट पार्टीले अलिदिन सिग्नेचर गरेनौं तर पार्टीको बहुमतअनुसार हामी पनि संसदको चुनावमा जानैपर्ने निर्णय भयो, र गयौं । पुष्पलाल भने मान्नुभएको थिएन । त्यतिबेला पार्टीको दोस्रो महाधिवेशन भयो, दोस्रो महाधिवेशनमा पुष्पलालले नयाँ जनवादी गणतन्त्रको कार्यक्रम ल्याउनुभयो । यो कार्यक्रम अत्याधिक मतले पारीत भयो । तर केन्द्रिय समितीको सदस्य चुन्ने बेलामा रायमाझी पक्षका मान्छेहरु बढी चुनिएछ, त्यो गर्न जानिएन भन्नुप¥यो र त्यसबाट काम भएन । पछि २०१६ सालमा कांग्रेसहरुको मत आयो । मैले काँग्रेसहरुलाई भनिरहन्थे, ख वर्गका राणाहरु छुच्चा हुन्थे के, छुच्चा असाध्यै छुच्चा, जल्लाई पनि गोदेर हिंड्ने, हातमा बञ्चरो लिने, जसलाई पनि पिट्ने, जे पनि गर्दै हिंड्ने । मैले त राणाका छोरालाई पिट्द्याछु पोखरामा पढ्थें त्यो बेला । राणाहरु आएर घेरेर मार्छु भन्थे, त्यस्तै व्यवहार कांग्रेसहरुको भयो । त्यल्ले गर्दा संसदीय व्यवस्था टिक्न सकेन ।
नेपालमा विसं.२०२५ सालदेखि नै कम्युनिष्ट पार्टीको बहुमत थियो
राजा महेन्द्र पनि टिक्न सकेनन् र सैनिक कू लागू गरे । अब हामी सब साथीहरु, नेताहरु कोही जेलमा, कोही निर्वासित, कोही भागाभाग छ, सारा देशै एक हिसाबले तनाव सिर्जना भयो । त्यसपछि पञ्चायती व्यवस्था लागू ग¥यो, जुन ३० वर्षसम्म चल्यो । यसैबीच कम्युनिष्ट पार्टीको दरभंगा सम्मेलन भयो । दरभंगा सम्मेलनपछि २०१८ साल माघ १२ गते पुष्पलालले के भन्नुभयो भने – जबसम्म नेपालमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी लगायतका सम्पूर्ण पार्टीहरु संयुक्त भएर आन्दोलन गर्दैनन्, त्यतिबेलासम्म नेपालको पञ्चायती व्यवस्था अन्त्य हुँदैन । पञ्चायती व्यवस्थाको अन्त्य र राजालाई गिराउनको लागि यही संयुक्त जनआन्दोलनले नेपालको प्रजातन्त्रको प्राप्तिको ग्यारेन्टी गर्छ । तर विपी कोइराला मानेन् । हामी चाहिं कांग्रेसलाई आऊ, सँगसँगै काम गरौं भन्ने, कांग्रेसले चाही हामीलाई पन्छाउने र राजासित मिसिन जाने ।
राजासित मेरो घाँटी जोडियाछ भन्ने बीपी कोइराला, मेलमिलापको नारा दिने, जनतासित होइन, कम्युनिष्टसित होइन, उही राजासित । पछि पार्टीको तेस्रो महाधिवेशन भयो बनारसमा, पार्टीले त्यति गति लिन सकेन । म अध्यक्ष थिएँ, त्यसबेला, हामीले २०२५ सालमा तेस्रो ऐतिहासिक सम्मेलन ग¥यौं, सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम संयुक्त जनआन्दोलनको लाइन लियौं । पुष्पलाललाई एउटा के विश्वास थियो भने, नेपाली कांग्रेस हामीसित आउँछ भन्ने, संयुक्त जनआन्दोलन सफल हुन्छ, संयुक्त जनआन्दोलनले गणतन्त्र ल्याउँछ । जस्तो अहिले संयुक्त जनआन्दोलनले गणतन्त्र आयो नि त । यसरी कम्युनिष्ट आन्दोलन आउदाखेरीमा कम्युनिष्टहरुको पनि विभिन्न घटकहरु भए, पुष्पलालले पनि नेपाल कम्युनिष्ट पार्टीलाई लिएर आए २५ सालसम्म ।
२७, २८ सालमा मालेहरु बने । त्यहाबाट फेरी २०३२ सालतिर महाधिवेशनमा निर्मल लामा, मोहनविक्रम हु“दै नेपालभरी धेरै कम्युनिष्ट घटकहरु भए । सबैको नाम नेपाल कम्युनिष्ट पार्टी, नारा नया“ जनवादी कार्यक्रम, समाजवाद, माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा, माओवाद इत्यादी । दर्शन एउटै छ, उद्देश्य एउटै भए, हाम्रा शत्रु एउटै छ । तर पार्टीका नेताहरु मिल्न सकेनन् । अब उल्ले उल्लाई दक्षिणपन्थी भन्छ, संशोधनवादी भन्छ । फरक भनेको को थियो भने रायमाझीको पार्टी फरक थियो, उसको राष्ट्रिय प्रजातन्त्र ईकाई पनि थियो, अरु सबैका नयाँ जनवादी कार्यक्रम र सशस्त्र संघर्ष कसरी गर्ने भन्ने थियो । मसालको हेर्नुस्, मालेको हेर्नुस्, अब मोटो मसाल, पातलो मसाल यसरी विभिन्न घटकहरु छन्, यी घटकहरुका दस्तावेज हे¥यो भने खासै अन्तर देखिंदैन । तर मान्छे अन्तर भएर लामो समय बित्यो । नेपालमा कम्युनिष्टहरु हेर्नुहुन्छ भने २०२५÷२६ सालदेखिको कम्युनिष्टहरुको देशव्यापीरुपमा अत्यधिक बहुमत थियो । मालेले आमसभा गर्छ थुप्रो जनता, मसालले गर्छ थुप्रो जनता, अर्कोले गर्छ थुप्रो जनता, कम्युनिष्टहरुलाई नै पछ्याए जनताहरुले । तर कम्युनिष्टहरु मिल्दैनन्, हामीले आएर पछि पुष्पलालकै भनाइअनुसार जबसम्म संयुक्त आन्दोलन एक ठाउँमा बसेर गर्दैनौं, तबसम्म नेपालमा क्रन्तिले सफलता पाउँदैन, यसको लागि तपाईहरु सबै मिल्नुस् भन्नुहुन्थ्यो ।
तर पछि आएर २०३६ सालमा हामीले भन्यौं, ५ वटा पूर्वशर्त पूरा नगरीकन जनमतसंग्रह नगरा, यो जनमतसंग्रहको परिणाम निर्दलीय हुन्छ । बहुदलको पक्ष हुन दिन्न भन्ने लगायतको पक्षमा गणेशमान सिंहको चाहिं मञ्जुरी थियो । विपी कोइरालाले पनि भनेका रहेछन्, गणेशमानले आफ्नो किताबमा लेख्याछन्, किन यस्तो ग¥या भनेर गाली गरेको भनेर । पुष्पलाल बनारसमा गणेशमानलाई भेट्न जाँदा ए भाई के छ भन्दाखेरी, पुष्पलालले प्रस्ताव राख्नुभएको थियो– दाई ! संयुक्त जनआन्दोलनको लागि मिलेर जाउँ । बीपी कोइरालाले त मानेनन्, गणेशमानले कोईराला बाजेहरुसित म सल्लाह गर्छु, के भन्छन् भनेर भनेछन् । पछि बीपी नेपाल आएर राजासित घाँटी जोडे, पुष्पलाललाई जाउ“ भनेका थिए, पुष्पलाल आउन मान्नुभएन । जान्नँ, नेपालको पश्चिमबाट र पूर्वबाट हामी जनआन्दोलन सुरु गर्छौ, वर्गसंघर्षबाट हामी आन्दोलन पूरा गर्छौं, हामी हतियार उठाउँदैनौं, शान्तिपूर्ण बाटोबाट हामी आन्दोलन पूरा गर्छौं ।
त्यसपछि हामीले संयुक्त वाममोर्चा गठन गर्ने सल्लाह भयो र संयुक्त जनआन्दोलनको तयारी गरियो ७ वटा वाम पार्टीहरु आए । अझ सबै आएनन्, प्रचण्डहरुको पार्टी आएन, शम्भुरामको आएन, कृष्णदासको आएन, यसरी ५, ७ वटा पार्टीहरु आएर संयुक्त जनआन्दोलन भन्ने मोर्र्चा गठन गरे । त्यही संयुक्त जनआन्दोलन र वाममोर्चा मिलेर काग्रेससँग गयौं हामी । बीपी कोइराला भइन्जेल कांग्रेसहरु कम्युनिष्टलाई छोइएलाजस्तो गथ्र्यो, तर पछि आएर २०३६ सालमा हामीले भन्यौं, ५ वटा पूर्वशर्त पूरा नगरीकन जनमतसंग्रह नगरा, यो जनमतसंग्रहको परिणाम निर्दलीय हुन्छ । बहुदलको पक्ष हुन दिन्न भन्ने लगायतको पक्षमा गणेशमान सिंहको चाहिं मञ्जुरी थियो । विपी कोइरालाले पनि भनेका रहेछन्, गणेशमानले आफ्नो किताबमा लेख्याछन्, किन यस्तो ग¥या भनेर गाली गरेको भनेर । पुष्पलाल बनारसमा गणेशमानलाई भेट्न जाँदा ए भाई के छ भन्दाखेरी, पुष्पलालले प्रस्ताव राख्नुभएको थियो– दाई ! संयुक्त जनआन्दोलनको लागि मिलेर जाउँ । बीपी कोइरालाले त मानेनन्, गणेशमानले कोईराला बाजेहरुसित म सल्लाह गर्छु, के भन्छन् भनेर भनेछन् । पछि बीपी नेपाल आएर राजासित घाँटी जोडे, पुष्पलाललाई जाउँ भनेका थिए, पुष्पलाल आउन मान्नुभएन । जान्नँ, नेपालको पश्चिमबाट र पूर्वबाट हामी जनआन्दोलन सुरु गर्छौ, वर्गसंघर्षबाट हामी आन्दोलन पूरा गर्छौं, हामी हतियार उठाउदैनौं, शान्तिपूर्ण बाटोबाट हामी आन्दोलन पूरा गर्छौं ।
विसं. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खाए, हामीले विसं.२०४६ सालमा वीरेन्द्रको पालामा ओकल्न लगायौं
पछि आएर, वामपन्थीहरु मिलेर जाने, कम्युनिष्टहरु मिलेर जाने भन्नेमा वाममोर्चा गठन भयो । काँग्रेससँग गठबन्धन भएर हामीले दुईटा शक्ति मिलेर आन्दोलनमा गयौं राजाले घुँडा टेकिहाले । हामीले ७ गते सुरु ग¥यौं, १० गते आन्दोलन उम्ल्यो । बीचमा चैत १,२ गते ढुलमुल–ढुलमुल भाएको थियो । हराउँछ कि डराउँछ कि भन्ने भएको थियो । तर पछि चैत १०–१२ गते पाटनबाट ठूलो आन्दोलन सुरु भयो । भक्तपुर कब्जा ग¥यौं, पाटन कब्जा गरेर जब आन्दोलन अगाडि बढ्यो, आन्दोलनले सार्थक रुप पायो र सफलता प्राप्त गरियो । २०१७ सालमा महेन्द्रले जे खाए, त्यो २०४६ सालमा हामीले वीरेन्द्रको पालामा ओकल्न लगायौं । त्यसपछि चुनावी माहोल चल्दैगयो, कहिले कम्युनिष्ट, कहिले काँग्रेसको सरकार बन्दै गयो ।
२०५२ सालमा माओवादीहरुले हतियार लिएर सशस्त्र युद्धको सुरुवात गरे । हाम्रो पनि नारा २००८ सालको पहिलो सम्मेलनमै हामीले के भन्या थियौं भने, नेपालमा माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा हाम्रो सिद्धान्त हो । त्यो मार्गनिर्देशक सिद्धान्तलाई लिएर हामी अगाडि बढ्नेछौं भनेर हामीले २००८ सालदेखि निर्णय गरेका हौं । त्यो थियो गणतन्त्रको माग । तर हामीकहाँ गणतन्त्र आएको थिएन । पछि गएर राजा ज्ञानेन्द्रले के गरे भने राजा महेन्द्रको सिको गर्छु भन्दै तुलसी गिरी, किर्तिनिधि विष्टजस्ता मान्छेहरुलाई मन्त्रीमण्डलको अध्यक्ष बनाएर, कू गर्न सकिन्छ कि यहा“ भनेर । फेरि पार्टी प्रतिबन्धको रुपमा गयो, त्यस्तो अवस्थामा पु¥यो, फेरि प्रजातन्त्र खान खोजे । तर अहिलेका जनता भनेको त्यो बेलाको जस्ता हैनन्, पढेलेखेका धेरै युवाहरु निस्केका छन्, युवाहरु उत्तम छन् । एउटै कुरा थियो भने, नेपालको यति लामो क्रन्ति, आन्दोलन, जनसंघर्ष यी सबै कुराहरु पुष्पलालकै लाईन थियो । पुष्पलालले राजनीतिक प्राप्ति गर्ने बाटो, जनताको नयाँ जनवादी गणतन्त्रले वैज्ञानिक समाजवादमा जाने पृष्ठभूमि तयार गरेको थियो ।
टुटफुट र गुटगत राजनीति बन्द गरौं
दर्शन हाम्रो माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा । हामी माओवाद भनेनौं, हामीले विचारधारा मञ्जुर ग¥यौं, सोभियत संघलाई संशोधनवाद भन्यौं, सोभियत संशोधनवाद हो तर माले, मसालले भने सोभियत सामाजिक साम्राज्यवाद भने । भारतीय कम्युनिष्ट पार्टीले सोभियत संशोधनवाद भन्यो, भारतीय कम्युनिष्टले २२ मै, सोभियत संशोधनवादीहरुका एक ऐना भन्ने किताब निकालेको थियो । हामी यसरी राजनीतिक लाइनमा एक ठाउँमा हुँदा.हुँदै पार्टी १० टुक्रामा विभाजित भयो । यो नेपाल कम्युनिष्ट पार्टीको सबैभन्दा दुखद् पक्ष हो, त्यो दुखद् पक्षका कारण पार्टीले दुःख पाए । क्रान्ति गरेर, जंगलमा गएर मान्छे मरे नि त निकै त्यो बेलामा ।
सरकारपक्ष, प्रतिपक्षका मरे । तर, हामी कम्युनिष्ट हौं, एउटै बाटोमा छौं, हामीले गणतन्त्र ल्याइसक्यौं, अब हामी यसैलाई लिएर वैज्ञानिक समाजवादमा जानुपर्छ भनेर जब पार्टी जनताको जनवादको नारा लिएर एक भएर चुनावमा हाम फालिसकेको पार्टी आएर, अहिले आएर बेमौसमको बाजा, के हो यो अहिलेको झगडा ? प्रचण्ड किन उर्फिनुप¥यो भ्यागुता झैं, अहिले काम नपाएर ? चुप लाएर बसेपनि हुन्छ । इमानदारीताका साथ भन्नुपर्छ, केपी ओली पार्टी महाधिवेशनबाट चुनिएर आएका् हुन्, अध्यक्ष चुनिएर आएका हुन् । फेरि महाधिवेशन भएको छैन, महाधिवेशन नभईन्जेल ओली नै अध्यक्ष हुन् । हो, प्रचण्ड महाधिवेशनबाट चुनिएर आउनुभो भने कुरा अर्कै हो ।
पार्टी मिल्यो दुईवटा अध्यक्ष भन्यौं हामीले । यो पहिलो, यो दोस्रो भनियो हामीले । यसरी मिलेर नखाएर, यसरी मिलेर पार्टी सञ्चालन नगरेर, त्यसरी मिलेर देशमा विकास निर्माणको कामहरु नगरेर, आज प्रतिक्रियावादीहरु हामीलाई हेरेर खुसी भईरहेका छन्, कति रमाईरहेका छन् । आज केही पनि परिवर्तन भएको छैन, यो परिवर्तन अलि–अलि भएको हो विस्तारै । आमूल परिवर्तन गर्नुप¥यो । देशको सम्पूर्ण मुहार फेर्नुप¥यो, भूमिसुधार लागू गर्नुप¥यो, भूमिमाथीको स्वामित्वको हकअधिकार मिलाउनुप¥यो ।
सारा कामहरु यथावत कायम छन्, सम्पूर्ण नेताहरु जिल्ला–जिल्लामा जाने, पार्टी संगठन निर्माण गर्ने, भारतले नेपालमाथि अनेक–अनेक बोलेर हिडिंराखेको छ, अनावश्यक । जब नेपालमा पार्टीका नेताहरुको झगडा हुन्छ, भारतले त्यो बेला एउटा न एउटा बोल्छ, नेपालमाथि हस्तक्षेप गर्छ । त्यो कुरा नबुझेर अहिले प्रधानमन्त्री हुन्छस् कि, अध्यक्ष हुन्छस् कि भन्दा मख्ख पर्ने ? त्यो बेला माधव नेपालले प्रस्ताव राख्नुभो, केपी संसदीय दलको नेता भनेर, अरु कोही बोलेन । सबैले हुन्छ भनेर ताली ठोके । कि नेता चुनिनुपथ्र्यो अर्को मान्छे, हामी आफैंले दिएको अधिकार हो, तँ नेता बन् भनेर । यहाँ ठूलो अपराध नगरिकन सामान्य कुराहरुलाई लिएर पार्टीमा विवाद खडा गर्नु, अहिले राम्रो कुरा होइन ।
त्यत्रो लडाँइ लडेर, आज मर्छु, भोलि मर्छु भनेर त्यो अवस्थाबाट आएको प्रचण्ड, अहिले पद र पैसामा हिंड्ने होइन । उहाँले राजनीति, राम्रो राजनीति गरुन् प्रचण्डले । देशका कम्युनिष्ट पार्टीको इमानदारी, अनुशासन र सम्पूर्ण पार्टी कार्यकर्तालाई भनून्, प्रचण्ड नाम सबभन्दा ठूलो त्यो पो हुन्छ । माओले कुन प्रधानमन्त्री खाए र ? आज किन अरुको नाम लिन्नन् त ? माओको नाम किन लिनुप¥यो ? माओवाद किन भन्छन् ? यही गणेशमानलाई प्रधानमन्त्री दिएका हुन् नि त, अहँ खान्न भन्दिए, भट्टराईले खाए प्रधानमन्त्री । प्रधानमन्त्री नै ठूलो कुरा होइन, पार्टी, नेता ठूलो कुरा हो, दर्शन ठूलो कुरा हो, त्यो दर्शनलाई लागू गर्नु ठूलो कुरो हो ।
पुष्पलालले २४ वर्षको उमेरमा कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गरे
मलाई भन्नुहुन्छ भने, मेरो त मन साह्रै दुखेको छ । म कम्युनिष्ट पार्टीको सदस्य भएको २००८ सालदेखिको हो । ६९ वर्ष भो, ७० वर्ष भो, मैले राजनीति गरेको २००६ सालदेखि हो । मैले संसद खाएको छैन, मन्त्री खाइनँ, कुनै नियुक्ति खाइनँ, पार्टीबाट कुनै एक पैसा खाएको छैन मैले । घरको सम्पूर्ण सम्पत्ति सक्याएर पार्टीको काम गरियो । त्यसैले पुष्पलाल जस्तो हुनुपर्छ, २२ वर्षको उमेरमा, अहिलेको भए त, केटाकेटी छ भनेर भन्छन् । २२ वर्षको केटो फाँसीमा उभिएको छ । हिम्मत हुनुप¥यो देशको लागि । २४ वर्षको उमेरमा पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गरेको हो, २४ वर्ष ठिटो भन्नुस् न । त्यसरी पुष्पलालले नेपालमा सुरुदेखि अद्र्धसामन्ति, अद्र्र्धऔपनिवेशिक देश हो नेपाल, भन्नुभो । अद्र्धसामन्तिबाट मुक्त गरायौं अहिले हामीले । तर, अद्र्धउपनिवेशबाट मुक्त भइसक्या छैन नेपाल । अहिले पनि भारतले अनेकौं षड्यन्त्र गर्छ नेपालमाथि ।
नेपाल अहिले पनि अद्र्धउपनिवेश छ । अद्र्धउपनिवेशबाट हामी मुक्तभएका छैनौं, अद्र्धसामन्तिबाट मुक्त भयौं । देश अझै पनि अशिक्षित छ, त्यसलाई निर्माण गर्ने, बनाउने, सम्झाउने, बुझाउने एक आपसमा हार्दिकता चाहियो पार्टीका नेताहरुमा । गाउँ–ठाउँमा हुन्छ नि, माथिल्लो घरको कुखुरा तल्लो घरकोले चोरेर खाईदियो, त्यहाँ बोलचाल बन्द हुन्छ, आजकल हाम्रा नेताहरुको बोलचाल बन्द छ रे ।
यो संस्कार भएन, अध्ययन भएन नेताहरुमा । मैले देखें अध्ययन नै भएन नेताहरुको । ल्यू शाओचीले ‘असल कम्युनिष्ट कसरी बन्ने ?’ भनेर कितावै लेखेका छन् । तर हामीकहाँ असल कम्युनिष्ट कसरी बन्छु भन्ने नेताहरुले चिन्ता लिएनन् । त्यस विषयमा चिन्तित हुनुप¥यो नेताहरु । पत्रिका नपढ्ने, अखबार नपढ्ने, किताबै नपढ्ने । किताब पढ्न भनेर लिएर गएर घरमा राख्ने, दिनभरी अनावश्यक भाषण गर्ने, रात परेपछि राम–रमाइलोमा भुल्ने । यसरी हुँदैन, असल मान्छे बन्न सकिँदैन, असल मान्छे बन्न त्याग चाहिन्छ, इमानदारीता चाहिन्छ, अनुशासन चाहिन्छ । पुष्पलाल असल मान्छे बन्नुभो, यहाँ कसैको दर्शनले केही ग¥या होइन ।
‘पुष्पलाल असल मान्छे बन्नुभो, यहाँ कसैको दर्शनले केही गर्या होइन । कसैका नाराले केही ग¥या होइन, पुष्पलालले दिएका नाराले, त्यही नारामा हामी हिंड्यौं । त्यही नारा लियौं, त्यही नाराले संयुक्त जनआन्दोलनलाई माथि उठायौं, पुष्पलाल हरबखत भन्नुहुन्थ्यो– ‘नेपाल सानो मुलुक छ । यो सानो मुलुकमा क्रन्तिको मात्रै कुरा गरेर नि के गर्ने र, जबसम्म शान्तिपूर्ण बाटोबाट फड्को मार्न सकिन्छ भने, संयुक्त जनआन्दोलनको बाटोबाट अगाडि बढौं, मलाई विश्वास छ, विजय भइन्छ ।’ लेनिनले पनि भन्नुहुन्थ्यो, जबसम्म, शान्तिपूर्ण बाटोबाट अघि बढ्ने सम्भावना रहुन्जेल क्रन्तिको कुरा नगर, लेनिनको भनाइ यो हो । हाम्रो नेपालमा बन्दुकै बोक्नुपर्छ भन्ने छैन नेपालमा । नेपालमा हामीले देख्यौं, गएका आन्दोलनहरुमा जब नेपालमा शान्तिपूर्ण ढंगबाट आन्दोलनलाई अगाडि लिएर गयौं, त्यसले सफलता प्राप्त ग¥यो । संविधानसभाको चुनाव गरायौं, संविधान बनायौं, गणतन्त्र पनि आयो ।’
कसैका नाराले केही ग¥या होइन, पुष्पलालले दिएका नाराले, त्यही नारामा हामी हिंड्यौं । त्यही नारा लियौं, त्यही नाराले संयुक्त जनआन्दोलनलाई माथि उठायौं, पुष्पलाल हरबखत भन्नुहुन्थ्यो– ‘नेपाल सानो मुलुक छ । यो सानो मुलुकमा क्रन्तिको मात्रै कुरा गरेर नि के गर्ने र, जबसम्म शान्तिपूर्ण बाटोबाट फड्को मार्न सकिन्छ भने, संयुक्त जनआन्दोलनको बाटोबाट अगाडि बढौं, मलाई विश्वास छ, विजय भइन्छ ।’ लेनिनले पनि भन्नुहुन्थ्यो, जबसम्म, शान्तिपूर्ण बाटोबाट अघि बढ्ने सम्भावना रहुन्जेल क्रन्तिको कुरा नगर, लेनिनको भनाइ यो हो । हाम्रो नेपालमा बन्दुकै बोक्नुपर्छ भन्ने छैन नेपालमा । नेपालमा हामीले देख्यौं, गएका आन्दोलनहरुमा जब नेपालमा शान्तिपूर्ण ढंगबाट आन्दोलनलाई अगाडि लिएर गयौं, त्यसले सफलता प्राप्त ग¥यो । संविधानसभाको चुनाव गरायौं, संविधान बनायौं, गणतन्त्र पनि आयो ।
अब हाम्रो बाटो, हामी यो यो गर्छांै, ल्याउँछौं भनेर हामीले हिजो जे भनेका थियौं, हामीले विकास गर्छौ, हामीले बाटो बनाउँछौं, सारा देश विकास गर्छौ, देश र जनतालाई धेरै माथि उठाउँछौं, राजनीतिबाट हामी जनतालाई अधिकार पूरा दिन्छौं । यो दलाल नोकरशाही पूँजीपतिहरुबाट भइरहेको सामन्ती शोषण, अनेक खालका फटाहाहरुबाट भएका शोषण, ठालूहरुबाट भएका शोषण, सारा शोषणबाट हामी मुक्त गराएर देशलाई एउटा सुनौलो भविष्य दिलाउँछौं भनेर हामीले कसम खाएका थियौं, जनतामाझ गएर भनेका थियौं हिजो । हाम्रो पार्टीलाई भोट देऊ भन्याथ्यौं, हाम्रो पार्टीमा लाग भन्याछौं, कम्युनिष्ट पार्टीमा लाग, आउनुस् भन्याछौं, हामी यहाँबाट सामन्तवादलाई उखेलेर फाल्नेछौं, हामी साम्राज्यवादलाई यहाँ पस्न दिन्नौं । भारतीय विस्तारवादलाई पस्न दिन्नौं यहाँ । देशलाई हामी यसरी लानेछौं भनेर हामीले मुठ्ठी कसेर भाषण ग¥याछौं, भन्याछौं । त्यो पूरा गर्नप¥यो नि ।
आएर कलह गर्ने ठाउँ हो यो ? अध्यक्ष तँ खाने कि, म खाने ? प्रधानमन्त्री खानलाई त यी नेताहरुलाई कर लाउनुपथ्र्यो, प्रधानमन्त्री खानुस् क्या तपाई प्रधानमन्त्री पद भनेर कर लाउनुपथ्र्यो । जहिले पनि प्रधानमन्त्री खाइहाल्छु, पाइहाल्छु भन्ने । खै त मैले केही खाइनँ क्यारे, केही भा छैन क्यारे, सांसद खाइनँ । मलाई त लाग्छ सांसद भनेको बुर्जवाहरुको अखडा हो भनेर लेनिन भन्थे । तर अहिलेको ढाँचा हेर्दा, मलाई त्यही लाग्छ । म त संसद भवन गएको पनि छैन, त्यहाँ पसेको पनि छैन, जानु पनि छैन । म कम्युनिष्ट हुँ, सामन्तवादको विरोध गर्छु, दलाल नोकरशाही पूँजीपतिहरुको विरोध गर्छु, विस्तारवादको विरोध गर्छु । म अहिले पनि माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा मान्छु । म त्यसप्रति अनुशासित छु, अहिलेसम्म पनि छु । खै त, भात खाएकै छु । त्यहाँ पैसा मात्रै कुम्ल्याएर हुनेवाला केही होइन, देशलाई बनाऊँ पहिला । देशको मुहार फेर, बदल । देश साह्रै नै शोषित छ, यसलाई बदल । राम्रो बनाउँ, देशैभरी राम्रा–राम्रा घरहरु हुँदा यिनका घर पनि त राम्रै हुन्छ नि । यिनले पहिल्यै घर बनाउनुपर्छ ।
रुपचन्द्र विष्टले भन्थे, जबसम्म हातमा ठेला उठेका गिट्टी कुट्ने मजदुरका हक अधिकार आउँदैन तबसम्म मुलुक बन्दैन । त्यस्तै आज पनि गिट्टी कुटेकै छन्, हातमा ठेला छन् । पुष्पलालले भन्नुभएको छ– जनवाद, नेपालका गरिबका झुपडीहरुमा छ । जबसम्म देशैभरीका झुपडीहरु मुक्त हुँदैनन्, तबसम्म, केही हुनेवाला छैन । परिवर्तन अवश्यभावी छ, परिवर्तन हुन्छ । नेताप्रधान होइन, नीतिप्रधान हो । नेता ठूलो होइन, नीति ठूलो हो । नेताहरु जति पनि आउँछन्, जति पनि छन् ।
अहिले प्रधानमन्त्री दिने हो भने, प्रधानमन्त्री खान सक्ने निकै निस्कन्छन्, तर उसले त्यो नीति लागू गर्छ कि गर्दैन भन्ने हो । कम्युनिष्ट पार्टीको नीति, घोषणापत्रमा भनेका कुरा, माक्र्सवादले भनेका, लेनिनले भनेका, माओले भनेका कुरा हाम्रो दार्शनिक, मान्यता र सिद्धान्त तिनै हुन् । हामी उनैका चेला हौं । त्यही दर्शनलाई यो भौतिकवादी दर्शन, द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यही दर्शनबाट आज मुलुक, संसार टिकेको छ ।
नेताहरुले त्यो नगरुन्, नेताहरु इमानदारीताका साथ, कोट लाउन मन लागे आगौं किने पनि हुन्छ, सर्ट लाउन मन लागे, सस्तो खालको लाए पनि हुन्छ, महंगा–महंगा गाडी किन्नुपर्ने, महंगा–महंगा कोट लाउनुपर्ने पर्दैन नेताले । महात्मा गान्धी खादीको वस्त्र लाएर हिंड्थे सधैंभरी । त्याग चाहियो, त्याग नै नदेखाइकन मान्छे, मुलुक बन्दैन । भूपि शेरचनले ‘बन्दैन देश दुई चार सपूत मरेर नगए..’ भन्ने कविता लेखेका छन् । सबै जनताले गर्ने होइन, कुनै कुनै देशमा एउटा, दुइटा नेता निस्कन्छन्, जुन नेताले मुलुककै मुहार फेर्छ । उसँग त्याग हुन्छ, बलिदान हुन्छ, इमानदारिता हुन्छ, बोली फेर्दैन । अहिलेका नेताहरुले पनि यो गरुन् भन्ने अपेक्षा छ ।
हाम्रो त यही नै चाहना हो । म त कम्युनिष्ट पार्टीमा काम गरेको मान्छे, आजको दिनसम्म कम्युनिष्ट छु, म कम्युनिष्ट हुँ । २००८ सालमा पार्टी सदस्यता लिएको हुँ । म आफ्नो स्वार्थभन्दा मुलुकको स्वार्थलाई अगाडि राखेर बलिदान दिनुपरे पनि दिनेछु, भनेर कम्युनिष्टमा लागेको हुँ । मैले घुस खान्छु भनेर सपथ खाको थिइनँ । हामी त्यो इमानदारिताका साथ बसेका छौं, उनीहरु पनि बसून् । हामी त इमानदारिताका साथ बस्याछौं, त्यसरी बसून्, काम गरुन् देशका लागि । किनकी, मुलुक रोएको छ आज । धु्रव अधिकारीका साथमा सपना थामी
COMMENTS