नेपालमा थप ५८१ जनामा संक्रमण, १७ हजार ४९५ जना निको

काठमाडौं, १ भदौ । नेपालमा वितेको २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । 

उपत्यकामा थपिए १६८ जना संक्रमित
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

मृत्यु हुनेको संख्या कति ?
त्यस्तै, बितेको २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २७,२४१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि ९,६३९ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board