काठमाडौं, २ भदौ । पहिलोपटक नेपालमा आज हजार भन्दा धेरै ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
गत २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । हालसम्म मृतकको संख्या ११४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ ।
COMMENTS