काठमाडौं, ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन एको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । उनको १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।
यसैवीच राष्ट्रपति र प्रधानमन्त्री लगाएत विभिन्न ब्यक्तहरुबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि ब्यक्त गरेका छन् ।
काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको घिमिरेप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकीछन् ।
आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पु¥याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताएकी हुन ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताएका छन् । उनले पनि मंगलबार साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको घिमिरेप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रकवि माधवप्रसाद घिमिरेको असामयिक निधनको खबरले अत्यन्त दुःख लागेको छ । जीवनको उत्तरार्धमा पनि नेपाली साहित्यको सेवामा उत्तिकै सक्रिय कवि घिमिरे नयाँ सर्जकका प्रेरणाका स्रोत हुनुहुन्छ ।
उहाँका कृतिहरुमा नेपाली मौलिकता, माटो र मातृभूमिको गन्ध पाइन्छ । देशभक्ति, प्रकृति, मानवता र प्रेमले भरिएका सिर्जनाले नेपाली कला/साहित्यमा उहाँको छुट्टै पहिचान छ ।
कवि घिमिरेको निधनबाट नेपाली वाङमय क्षेत्रले एक अभिभावक मात्र नभइ विशिष्ट साधक पनि गुमाएको छ । दुःखको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु । अध्यक्ष प्रचण्डले भनेका छन् ।
यसैवीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको घिमिरेप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेका छन् । उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खवरले मर्माहित भएको छु। उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ। उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदाई लिएको बताएका छन् ।
यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भिम रावलले पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको घिमिरेप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेका छन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।
उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेखप्रबन्धजस्ता अनेकौं विधाउपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।
COMMENTS