अर्घाखाँची,३ भदौ । जिल्लामा आज बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
जिल्लामा हाल तीन कोरोना संक्रमित छन् । संक्रमित हुनेमा भूमिकास्थान नगरपालिकाका दुई र शीतगंगा नगरपालिकाका एक पुरुष छन् । उनीहरु हाल स्थानीयत हले निर्माण गरेको क्वारेन्टिनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।
जिल्लामा रहेका ३३० संक्रमितमध्ये तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो । निको भएर घर फर्कनेको संख्या ३२४ छ । जिल्ला बाहिर तथा भारतबाट आएका १६१ जना विभिन्न क्वारेन्टिनमा बसेका छन् ।
COMMENTS