निर्वाचन आयोगले दर्ता गर्‍यो ‘नेकपा एमाले’

काठमाडौं, ३ भदौ । निर्वाचन आयोगले आवेदन परेको झण्डै दुई महिनापछि नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । २०७७ साल असार १२ गते दल दर्ताका लागि आवेदन परेको थियो ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको निर्वाचन आयोगले जनाएको छ ।

कार्यालयका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ । निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र तरंग नै भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board