कैलाली,३ भदौ । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
बुधबार डडेल्धुरा प्रयोगशालामा २४ घण्टामा ७७ जनामा परीक्षण गरिँदासम्म ७ जनामा र प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालले जानकारी दिए ।
यसैगरी सेतीमा २४ घण्टामा ७१ जनाको जाँच गर्दा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
COMMENTS