बझाङको मिडी पहिरो: बेपत्ता दाजुभाइको शव फेला

बझाङ,३ भदौ । बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा छन् । उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकालिएको हो ।

ठूला ढुङ्गा पहिरासँगै आएकाले उद्धारमा समस्या भएको थियो । आज बिहान करीब १ बजेतिर घरमाथिबाट आएको पहिराले स्थानीयवासी ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ । उनी भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन् ।

पहिरामा परेर उनकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल घाइते भएका छन् । घाइते चारै जनाको खिरातडी स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ । घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएका चार जनाको सकुशल उद्धार गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board