नेपालमा एकै दिनमा ११ जनाको मृत्यु, थप ८३८ संक्रमित

काठमाडौं, ५ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाईरसका कारण थप ११ जनाको ज्यान गएको छ । आज एकै दिन कोरोनाका कारण ११ जनाको मृत्यु भएको हो । हालसम्म एकै दिन ठूलो सङ्ख्यामा मृत्यु रहेको र यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

मन्त्रालयका प्रवत्ता डा. गौतमका अनुसार काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

के छ अरु तथ्यांक ?
स्वाथ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा एक महिला र १० पुरुष रहेको एवम् ती मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको छ ।

अहिले देशभरि १२,१३२ जनामा सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक रहेको छ । सङ्क्रमितहरूमध्ये ३,५८६ जना घरमै र बाँकी ८,५४६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। सक्रिय सङ्क्रमितमध्ये १३३ जना सघन उपचार कक्षमा र काठमाण्डूमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board