इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं, ६ भदौ । इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो । सेभिल्लाको जितमा लुक डी योङले दुई गोल तथा डिएगो कार्लोसले एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एकरएक गोल गरे पनि जितका लागि पर्याप्त भएन । कोलोग्ने स्टेडियममा खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए पनि त्यो ६ मिनेटभन्दा बढी टिक्न सकेन । १२औं मिनेटमा योङले गोल गर्दै सेभिल्लालाई १–१ गोलको बराबरीमा ल्याए ।

जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए । ३३औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाए । ३६औं मिनेटमा इन्टरका गोडीनले गोल गर्दै खेल खेल २–२ गोलको बराबरीमा पु¥याए । खेलको ७४औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३–२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो । यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । पछिल्लो पटक सेभिल्लाले २०१६ मा युरोपा लिग जितेको थियो । इन्टरले सन् १९९८ यता युरोपा लिग जितेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board